century-bank

रित्तिएको राजकुलोमा पानी भरिएर बग्न थालेपछि ललितपुरवासी दङ्ग

रोहित केसी

काठमाण्डौ । ललितपूरको राजकूलोमा पानी रित्तिएको लामो समय नै भएको थियो । अतिक्रमणले आक्रान्त बनेको यो कूलोमा कलकल पानी बग्नै पाएन । देख्नले पनि अब यहाँ पानी बग्ला भन्ने आश मारिसकेका थिए ।

अड्कलबाजी गर्नेको समेत कुनै कमी थिएन । तर स्थानीयबासीकालागि जब राजकूलो प्राण नै भएको महसुष गरेर ढिलैभएपनि यसको संरक्षणमा जुटे । यो देखेर यस भेगका विभिन्न समूह ,संघसंस्था मात्र नभई नवनिवार्चित जनप्रतिनिधि योजना नै बोकेर आइपुगे । ललितपुरमा अहिले राजकुलाले रौनक बेग्लै छ । केही समय अगाडिसम्म पुरिएर वा अतिक्रमण परेर नक्सा नै भेट्न मुश्किल पर्ने राजकुलोमा अहिले रहर लाग्ने गरी पानी बग्न थालेपछि स्थानीय पनि द¨ छन् । स्थानीयलाई पनि यो कुलोले पूर्नजीवन प्राप्त गरेपछि थप मर्मत गर्न सबैलाई भ्याईनभ्याई छ । उनीहरुको योजना कूलोलाई अझै व्यबस्थित गरेर बिस्तार गर्ने छ । उनीहरु भन्छन् यसको मर्मतपछि असारमा सिंचाई गर्ने र अन्य समयमा सूक्दै गएको पोखरी भर्ने ।

भारत सरकारको सहयोगमा निर्माण भएको यो कूलो पछिल्लो समयमा अतिक्रमण र बेवास्ताको शिकार भएपछि अस्तित्व नै संकटमा प¥यो । तर यसको महत्व बुझेका स्थानीयले यसलाई संरक्षण गर्नतिर लागेपछि गोदावरी नगरपालिकाले समेत होस्टेमा हैसे गर्यो । अहिले उसले यसलाई सरक्षण गर्ने योजना नै बनाएको छ । जसअनुसार यसपटक २० लाख खर्च गर्ने गोदाबरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन बताउनु हुन्छ ।

योजना गोदवारी नगरपालिकाको मात्र छैन । यसको संरक्षणमा ललितपुर महानगरपालिका पनि जागरुक बनेको छ । यस क्षेत्रमा रहेको ढु¨ेधारा, इनार र पोखरीको गतिलो श्रोत भएको राजकूलोलाई जसरी भएपनि जीवन्त बनाउने कार्ययोजना ललितपुर महानगरपालिकाका मेयर चिरीबाबू महर्जनले बनाउनु भएको छ ।

२२ किलो मिटर लामो राजकूलोले ६० हजार रोपनी जग्गामा सिंचाई गर्न सक्ने क्षमता छ । उत्पादकत्व बृद्धिदेखि लिएर इनार ,पोखरी जस्ता सम्पदामा पूर्नताजगी दिने यो कूलोलाई जोगउने कसरत अब सि¨ो राज्य स्तरबाट हुन जरुरी छ ।

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]