century-bank

नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध जनस्तरमा झनै बलियो

काठमाण्डौ । नेपाल र दक्षिण कोरियाको सम्बन्ध निकै पुरानो मानिन्छ । कुनै बेला द्वन्द्वको शिकार बनेको कोरियालाई नेपालले सहयोग गर्ने गरेको दृष्टान्त छ ।

वितेको ३५/४० वर्षपछि अहिले कोरिया सम्पन्न मुलुकतर्फ उन्मुख मात्र छैन नेपालका विभिन्न क्षेत्रमा सहयोग पु¥याउने मुलुक मध्ये एक बनेको छ । यही सन्दर्भमा काठमाडौंको टोखामा एक कार्यक्रम आयोजना गरि नेपाल–कोरिया सम्बन्धको इतिहासलाई स्मरण गरियो ।

नेपाल र दक्षिण कोरियाको सम्वन्ध सरकारीस्तरमा मात्र नभएर जनस्तरमा समेत रहेको छ । कैंयौ नेपाली युवा कोरियामा रोजगारीका सिलसिलामा जाने गरेका छन् । आज भन्दा करिब ४० वर्ष अघि कोरियाको समस्यामा नेपालको साथ रहँदै आएको थियो । काठमाडौंको टोखामा सांस्कृतिक आदानप्रदान कार्यक्रममा सहभागीहरुले दुई सम्बन्धलाई अझ मजवुद बनाउनुपर्नेमा जोड दिए ।

स्थानीय भगवती क्लबको आयोजनामा भएको कार्यक्रममा कोरियाको द पेसेफिक एसिया सोसाइटीका प्रतिनिधिहरुले सहभागीता जनाएका थिए । कार्यक्रममा क्लबका सल्लाहकार मनिष जोशीले नेपाल र कोरियाबीचको सम्बन्ध ऐतिहासिक भएको बताउँनुभयो ।कार्यक्रममा परम्परागत संस्कृति जोगाउनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए । कार्यक्रममा नेपाली र कोरियाली संस्कृति झल्किने नृत्य प्रस्तुत गरिएको थियो ।

सो कार्यक्रममा टोखाको चण्डेश्वरी माध्यामिक विद्यालयका मेधावी विद्यार्थीलाई सम्मान गरिएको थियो । तीन जना विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]