century-bank

राजधानीको ठमेलमा पूर्वगृहमन्त्री विमलेन्द्र निधिद्धारा सुविधासम्पन्न ओजि लाउन्ज उद्घाटन

काठमाण्डौ । पूर्वगृहमन्त्री विमलेन्द्र निधिले राजधानीको ठमेल स्थीत ओजि लाउन्ज रेस्टुरेन्टका उद्घाटन गर्दैे ठमेल क्षेत्र पर्यटकीय हिसावले महत्वपुर्ण रहेको बताउनुभएको छ । उहाँले आर्थिक उपार्जनका तथा स्वदेशमै रोजगारका लागि पनि ठमेललाई परिचालित गर्न सकिने बताउनुभएको हो ।

 

निधिले ठमेलको पर्यटन र मनोरञ्जनको क्षेत्रमा सुधार ल्याउँदै यसको दायरालाई फराकिलो बनाउनुपर्ने बताउनुभयो ।

देशविदेशबाट आउने पर्यटकहरुको प्रमुख गन्तब्य नै ठमेल क्षेत्र भएकोले यहाँको ब्यबस्थापकीय पक्षमा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो । त्यसैगरी ओजि लाउन्ज रेस्टुरेन्टका का संचालक दिनेश श्रेष्ठले ठमेलको मनोरञ्जन क्षेत्रलाई थप ब्यवस्थित बनाई स्वच्छ मनोरञ्जन र नेपालीहरुमा बढ्दै गएको परिकारको मोहलाई ध्यानमा राख्दै वास्तविक स्वाद चखाउन रेस्टुरेन्ट खोलिएको बताउनुभयो ।

 

रेस्टुरेन्ट भीआईपी क्षेत्र मानिने ठमेलको शान्त वातावरणमा अवस्थित छ । विहिबार सम्म चल्ने ग्राण्ड ओपनिङमा हरेक दिन नयाँ नयाँ म्युजिकल ब्याण्डको प्रस्तुती रहनेछ ।

 

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]