century-bank

कर फर्छ्यौट ऐन खारेज गर्न अर्थ समितिको निर्देशन

काठमाडौं । व्यवस्थापिका संसदको अर्थ समितिले कर फर्छ्यौट आयोग ऐन खारेज गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

कर फर्छ्यौट आयोगले दिएको कर छुट विवादित र भ्रष्टाचार उन्मुख देखिएपछि समितिले यस्तो निर्देशन दिएको जनाइएको छ ।
अर्थसचिव शिशिरकुमार ढुंगानासँग छलफल गरेर ऐन खारेज गर्न निर्देशन दिइएको समिति सभापति प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

कर छुटको विवादमा आन्तरिक राजश्व विभागका महानिर्देशक चुणामणि शर्माविरुद्ध अख्तियारले आइतबार १० अर्ब २ करोडको भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनी तत्कालीन कर फर्छ्यौट आयोगको सदस्य सचिवका रुपमा थिए ।
अर्थ समितिले आयोगले गरेको अनियमित कर मिनाहबारे अध्ययन गर्न एक उपसमिति गठन गरेको छ । ९ सदस्यीय राजश्व छली तथा कर अनियमितता अध्ययन उपसमिति गठन गरिएको हो ।

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]