century-bank

स्थानीय तह निर्वाचनमा निर्वाचित ६० एकल महिला सम्मानित

स्पृहा श्रेष्ठ(संबाददाता)

एकल महिला समूहको समन्वयमा एकल महिला सशक्तीकरण र विकासका लागि दक्षिण एसियाली महिला सञ्जालले स्थानीय निर्वाचनमा निर्वाचित भएका ६० जना एकल महिला जनप्रतिनिधिहरुको सम्मान गरेको छ । सम्मान गर्दै सम्मानितहरुको कार्यकालको सफलताको कामना समेत गरिएको छ । .

 

सोमबार राजधानीको लाजिम्पाटमा आयोजित कार्यक्रममा एकल महिलाको स्थितिको बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा महिलाको स्थिति नाजुक हुनुको प्रमुख कारण पितृसत्तात्मक सोंच रहेको बताउनुभएको छ । यसरी महिलाहरुको अवस्थामा सुधार ल्याउन आफु हर हालतमा सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

दक्षिण एसियाली एकल महिला सशक्तीकरण सञ्जालका ८ सदस्य राष्ट्र एकल महिलाका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरुको सहभागीता रहेको उक्त कार्यक्रममा बेलायतकी एकल महिला समुहको संस्थापक मार्गरेट ओवेनले बिभिन्न समस्याका बावजुद पनि संस्था स्थापना गरी एकल महिलाहरुको पक्षमा राम्रो काम गर्दै आएकोमा गर्ब महसुस भएको बताउनुभयो ।

त्यसैगरी एकल महिला समुह नेपालका संस्थापक अध्यक्ष लिली थापाले आफ्नो संस्था एकल महिलाको अवस्थामा धेरै सुधार आएको बताउनु भयो । उहाँले आगामी दिनमा पनि एकल महिलाको क्षेत्रमा काम गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा महिला अधिकारका निम्ति निरन्तर संघर्षशील व्यक्तित्व, दक्षिण एसियाली एकल महिला सशक्तीकरण सञ्जालका ८ राष्ट्रका सदस्य, एकल महिलाका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय निकायका प्रतिनिधि , विभिन्न सरकारी तथा गैरसरकारी निकाय र एकल महिला समूहका जिल्ला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]