century-bank

कपाल के कारणले गर्दा झर्छ र झर्न नदिन के गर्ने ?

एजेन्सी । आजकल महीला र पुरुष दुबैमा कपाल झर्ने समस्या निकै देखिने गरेको छ। शारीरिक तनाव ,शल्यक्रिया गरेको अवस्था, दुर्घटना, गम्भीर बिरामी अथवा सामान्य रुघा नै किन नहोस्, कपाल झर्छ ।यस्तो अवस्थाको कपाल झराई अस्थायी किसिमको हुन्छ । कपाल झर्ने यस्तो अवस्थालाई ‘टेलागेन इफ्लुभियम’ भनिन्छ ।

 

घाँटीमा भएको थाइराइड ग्लान्डले एक किसिमको हर्मोन उत्पादन गर्छ, जुन मेटाबोलिजम, वृद्धि र विकासका लागि गम्भीर मानिन्छ । जब यस्तो हर्मोन आवश्यकमात्रामा निस्कदैन, कपाल झर्न थाल्छ ।अमेरिकाजस्ता देशमा एकदमै कम केश पाइएपनि भिटामिन बीको कमीका कारण पनि कपाल झर्ने समस्या हुन्छ । यसको समाधानका लागि भिटामिन बी पाइने खाद्य पदार्थहरु फलफुल, माछा, मासु, तरकारी प्रशस्त खानुपर्छ।

क्यान्सरमा प्रयोग गरिने केमोथेरापीका कारण पनि कपाल झर्छ । चिकित्सकहरुले केमोथेरापीलाई ‘आणबिक बम’ भनेका छन् । यसले तीब्र रुपमा शरीरका क्यान्सरयुक्त कोषहरुलाई मार्नेकाम गर्छ । यसका साथसाथै कपालका कोषलाई पनि मार्ने काम गर्छ ।

कपाललाई सुन्दर बनाउँने नाममा अनावश्यक स्टाइल दिँदा, हेयर ट्रिटमेन्ट गर्दा पनि कपाल झर्छ । कपालमा प्रयोग गरिने अनेक प्रकारका रसायनहरुले पनि कपाल झर्न भूमिका खेल्न सक्छन् ।

कपाल झर्ने समस्याको समाधान यसरी गर्न सकिन्छ ।
१. प्याज र कागतीःजहाँ जहाँ कपाल कम छ दैनिक बराबर मात्रामा प्याज र कागतीको रस लगाउनुस्। रस लगाएको आधा घण्टा पनि टाउको पखाल्नुस्।

२.हरियो धनियाँःकपालको जरामा हरियो धनियाँको रस लगाउनुस्। १५ मिनेट पनि पखाल्नुस्। यसले कपाल बाक्लो आउँछ अनि चमक पनि बढ्छ।

३.निम र अमला ःनिमको पात र अमला पानीमा उमाल्नुस्। पानी सेलाएपछि यही पानीले टाउको पखाल्नुस्। हप्तामा कम्तिमा २ पटक यसो गर्नुहोस्।

४. केराःकेराको पेस्टमा कागतीको रस मिलाइ कपालमा लगाउनुस् अनि आधा घण्टा पछि सादा पानीले कपाल धुहोस्।

कपाल पखाल्दा स्याम्पु सधै एकै खाले मात्र प्रयोग गर्नुहोस्। सामान्य बजारमा पाइने स्याम्पु भन्दा आयुर्वेदिक औषधी पसलमा किन्न पाइने स्याम्पुको प्रयोग बढी प्रभावकारी हुन्छ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]