century-bank

११ वर्षीया बालीका गर्भवती भएकै कारण गाउँबाट निकालीएपछी अलपत्र अवस्थामा

भोजपुर– जिल्लाको पूर्वी अरुण गाउँपालिका–५ याकुकी ११ वर्षिया बालिका गर्भवती भएपछि गाउँ निकाला गरिएको छ ।
छिमेकी २१ वर्षीय दुर्गाबहादुर श्रेष्ठले वालिकालाई फकाई फुल्याई शारीरिक सम्पर्क राखेपछि गर्भवती भएकी हुन् ।

बालिकाको माइजु निलम घलेले बालिकालाई स्वास्थ्य परिक्षणका लागि लैजाँदा गर्भवती भएको पाइएको बताइन् ।
निशाको बुवा श्रेष्ठ र आमा दलित समुदायको भएकाले केटा पक्षले दलितको छोरी नभित्राउने भन्दै घरमा पस्न दिएनन् ।
‘केटा पक्षले डरधम्की दिँदै सम्पतिको धाक र धम्की दिएको कारणकेटी पक्ष डर त्रासमा बस्नुको साथै ‘गाउँ समाजले वालिकालाई समाजबाट नै हटाउने कुरा गर्दा पनि बालीकाको बुवा केही बोल्न नसकी टुलुटुलु हेर्नपरेको बताउँछन् ।

प्रहरी चौकी याकुमा गएर सहयोग माग्दा समेत सहयोग नपाएको बालीकाको परिवारले बताएको छ ।

महिला विकास कार्यालय भोजपुरका पुष्पलता उप्रेतीले घटनाको विषयमा जानकारी पाएको र उनको परिवारलाई जिल्ला बोलाएको बताइन् । यस विषयमा बुझ्न केटा पक्षसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको बताइन् ।
माथील्लो तहका निकाय तथा प्रहरीले समेत घटनाको विषयमा कुनै चासो नदिएकोमा बालीकाको परिवार  पक्ष दुखीत छन्। स्थानीय विद्यालयमा कक्षा ११ मा पढ्दै गरेका दुर्गाबहादुरले बालिकालाई लिएर धरान झरे पनि उनले अहिले छाडेपछि बालिकाको झनै विचल्ली भएको छ ।

बालिका अहिले मागेर खाइरहेकी छन् । पर्याप्त खाना तथा उचीत स्याहार पाउने बेलामा बालीकाको यो बीजोग सुनेर बालिकाको बाबु दःखी तथा उदास हँुदै न्यायको आसमा भौंतारीरहेका छन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]