Nepa Top
century-bank

धादिङ बजार क्षेत्रमा सडक भासिएर चिराचिरा परेपछी दर्जनौं घर जोखिममा

धादिङ, साउन  ।अविरल वर्षासँगै आएको बाढीले धादिङको निलकण्ठ नगरपालिका–३ स्थित माथिल्लो बजार क्षेत्रको सडक ठाउँठाउँमा भासिँदा दर्जनौं घर जोखिममा परेका छन् ।

आइतबार रातिदेखि परेका वर्षाले बजार क्षेत्रको सडक चिराचिरा पारेको छ । त्यहिँबाट पानीभित्र पसेपछि मुख्य बजारका धेरै घर जोखिममा परेको स्थानीयले बताएका छन् ।

बजार क्षेत्रका केही भागमा कमेरो माटो भएका कारण अझै बग्न सक्ने सम्भावना रहेको पनि स्थानीयले बताएका छन् ।

ठाउँठाउँमा पहिरो गएपछि धादिङ सदरमुकाम क्षेत्रको खानेपानी आपूर्तिसमेत बन्द भएको छ ।

 

 

 

 

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]