century-bank

गुमनाम रहेका पूर्व युवराज पारस मध्यरातमा यस्तो अवस्थामा भेटिए…

एजेन्सी । ब्रिटिश गायक जे सनले काठमाण्डौमा बुधवार राती गरेको कन्सर्टमा पूर्व युवराज पारस साह छोरी र छोराका साथ क्लब डेजाभुमा देखिएका थिए ।

पछिल्लो समय गुमनाम रहेका पारस धेरै समय पश्चात दरवारमार्गमा रहेको डेजाभु क्लवमा आयोजना भएको उक्त कन्सर्टमा देखिए । उल्लेख्य मात्रामा ब्रिटिश गायक जे सनलेका संगीत पारखीहरुको उपस्थिती रहेको बेला पारस पनि आफ्नो परिवारको साथ देखा परेका थिए ।

पूर्व युवराजसँग तस्विर खिचाउन त्यहाँका युवायुवतीको ठूलै क्रेज थियो । उक्त कन्सर्ट राती १२ बजे देखि प्रारम्भ भएर विहान ३ बजेसम्म संचालन भएको थियो ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]