century-bank

के हो पायल्स ? यस्ता छन् यसका कारण र उपचारका उपाय

पायल्स हुने ५ कारणः

१) कब्जियतः

यो पायल्स हुने सबैभन्दा ठूलो कारण हो । पेट राम्रोसँग सफा नहुँदा गुद्वारमा मासुको डल्लो पलाउने गर्दछ ।

२) बसेर गर्नुपर्ने कामः

धेरै बेरसम्म बसिरहनुपर्ने कामले पनि पायल्सको समस्या हुनसक्छ ।

३) गर्भावस्थाः

गर्भावस्थाको क्रममा पाचन समस्या हुने गर्दछ । यसले गर्दा थुप्रै महिलालाई पायल्सको समस्या हुने गर्दछ ।

४) जीवनशैलीः

धुम्रपान, मद्यपान, जंक फूडजस्ता खानेकुरा धेरै खाँदा पनि पाचन क्रिया बिग्रने गर्दछ र पायल्स हुने गर्दछ ।

५) वंशानुगतः

परिवारमा कसैलाई समस्या छ भने आउने पीढिलाई पनि यो हुने सम्भावना हुन्छ ।

उपचारका तरिकाः

.  नीमको कोमल पातलाई घ्यूमा भुटेर त्यसमा थोरै कपुर हाल्नुहोस् र पायल्सको मासुमा लगाउनुहोस् ।

. कालोमरिच र कालो जिराको पाउडर आधा चम्चा दैनिक महसँगै खाँदा पाइल्सबाट राहत पाइन्छ ।

. लौकाको पातलाई पिसेर पायल्सको मासुमा नियमित लगाउँदा केही दिनमा फाइदा हुनथाल्छ ।

. तुलसीको पातलाई पानीसँग पिसेर लगाउँदा जलनबाट राहत महसुस हुन्छ । पलाएको मासु पनि बिस्तारै ठिक हुन्छ ।

. अमलाको पाउडरलाई पानीमा घोलेर रातभरी माटोको भाँडोमा राख्नुहोस् । बिहान मिश्री मिसाएर पिउनुहोस् ।

. प्याजलाई मसिनो आँचमा भुट्नुहोस् । यसको पेस्ट बनाएर मासु पलाएको ठाउँमा लगाउँदा केही दिनभित्र फाइदा हुन्छ ।

. चियाको पत्ती पिसेर पेस्ट बनाउनुहोस् र त्यसलाई तातो बनाएर मासु पलाएको ठाउँमा लगाउनुहोस् । केही दिनमा मासु सुक्नेछ ।

. एक मुट्ठी कालो तिललाई एक कचौरा दहिसँग दैनिक खाँदा रगत आउने पायल्सको समस्यामा फाइदा पुर्याउँछ ।

. मेहेन्दीको पातलाई पानीमा पिसेर लगाउँदा केही दिनमा पलाएको मासु सुक्ने गर्दछ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]