century-bank

चासोको विषय रहेको भरतपुर, के होला त आज फैसला ?

काठमाण्डौ । सर्वोच्च अदालतले लामो समयदेखि भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को फैसला गर्न सेकेको छैन । आइतबार मात्र सर्वोच्च अदालतले नयाँ नेतृत्वको प्रधानन्यायाधिश पाएको छ ।

यसअघि विभिन्न बाहना बनाएर पटकपटक इजलास सारेपनि आज तोकिएको इजलास अघि बढ्ने सबैले विश्वास गरेका छन् ।भरतपुर महानगरपालिकामा रेणु दाहाल र देवी ज्ञवालीबीच रोचक प्रतिष्पर्धा छ । प्रचण्डपुत्री रेणु नेकपा माओवादी केन्द्र र कांग्रेसको साझा उम्मेदवार हुनुहुन्छ भने ज्ञवाली एमालेका तर्फबाट उम्मेदवार हुनुहुन्छ ।

प्रधानन्यायायधिशमा गोपाल पराजुली आएपछि लामो समयदेखि रोकिएको मुट्ठा छिट्टै छिनोफानो हुने सबैको आशा छ । भरतपुर १९ को इजलास आज दिउँसोका लागि तोकिएको छ ।

निर्वाचन आयोगले भरतपुर १९ मा पुनः मतदान गर्नुपर्ने निर्णय गरेपछि असन्तुष्ट पक्षले मतगणना सुचारु गर्नुपर्ने मागसहित सर्वोच्च आदालतमा रिट दायर गरेको थियो ।उक्त रिटको पेशी आज तय गरिएको हो ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]