century-bank

तरकारीमा भएको अस्वभाविक मूल्य वृद्धिले सर्वसाधारण मारमा

स्पृहा श्रेष्ठ

तरकारीको मूल्य बढ्दा भान्सा महंगो बन्ने गर्छ नै । दैनिक प्रयोगको यस्ता वस्तुको मूल्य वृद्धि नौलो होइन तर कृषकको बारीमा सस्तोमा पाइने तरकारी विचौलियाहरुको उपस्थितिले जहिले पनि महंगोमा किन्न उपभोक्ताहरु बाध्य बन्दै आएका छन् । तर यसपटक भारी वर्षाको कारण र किसानको वारीमा नै तरकारी महंगो परेको तरकारी व्यापारीहरुको जिकिर छ । तर यो मान्न उपभोक्ता तयार नभए पनि उनीहरु महंगो तरकारी किन्न बाध्य बनेका छन् ।
बर्षाको मौसममा उत्पादन हुने तरकारीहरूको मूल्य अधिकतम बढेको अवस्था छ ।

एकै साताको अवधिमा तरकारीको भाउ ५० देखि सय प्रतिशत सम्म बढ्दा हँुदा उपभोक्ताहरु महंगीको मारमा परेका छन । त्यसको असर उपत्यकाको तरकारी बजारमा पनि परेको छ । काठमाडौँ , ललितपुर, भक्तपुर, धादिंग, मकवानपुर आदि लगायतका क्षेत्रमा उत्पादन भएको तरकारी उपत्यकाको कालिमाटी तरकारी बजार, बल्खु, कुलेश्वर, बालाजु लगायत बजारमा बिक्रि हुने गर्दछ । ती बजारको तुलनामा खुद्रा बिक्रेता हुदै उपभोक्तामा पुग्दा अझै महँगो भएर पुग्ने गरेको छ । बोडी सिमीको मूल्य करिब ६६ प्रतिशतले बढेको छ ।४५ रुपैया किलोको बोडी र सिमीको मूल्य ७५ रुपैया पुगेको छ । मूल्य बढेर उपभोक्तालाई समस्या परिरहेकै बेला ब्यापारीले विभिन्न बहाना बनाएर चर्को मूल्य असुल्ने गरेको पनि उपभोक्ताको गुनासो छ ।

तरकारी किन्दा नै महँगोमा किन्ने भएपछि तरकारीको भाउ उपभोक्तासम्म आउँदा बढ्ने स्वाभाविक कुरा भएको कालिमाटी बजारको ब्यापारीको तर्क छ । बर्खाको मौसममा तरकारीहरु कुहिने हुँदा उल्टै घाटा खानुपर्ने जिकिर पनि उनीहरुको छ ।

बर्खाको कारण उत्पादनमा गिरावट आएपछि तरकारीको मूल्य बढेको कालिमाटी फलफुल तथा तरकारी बिकास समितिको कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेल बताउनु हुन्छ । तरकारीको भाउ बढेपनि हप्ता दिनमा मूल्य नियन्त्रणमा आउने उहाँको दावी छ ।

तरकारीको मूल्य बढेपछि सर्वसाधारणलाई समस्या परेको छ । दिनहँु उपभोग गर्नुपर्ने हुँदा तरकारी जस्तै महँगो भए पनि किन्नै पर्ने स्थिति छ । तरकारीमा बारम्बार देखिने अस्वभाविक मूल्य वृद्धि स्थायी निराकरण खोज्न आवश्यक नै भइसकेको छ ।

 

 

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]