century-bank

माओवादी केन्द्रको निर्वाचनको समीक्षा तथा भावी रणनीतिबारे छलफल गर्न आज बैठक बस्दै

दोस्रो चरणको स्थानीय तह निर्वाचन समीक्षा र आगामी रणनीति तय गर्न माओवादी केन्द्रको सचिवालयको विस्तारित बैठक आज बस्दैछ । दुई चरणको स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकेको माओवादी केन्द्रले चुनावमा पराजित हुनुको कारणबारे जिल्ला इन्चार्चसँग सोधपुछ गर्न लागेको हो । काठमाण्डौंको कोटेश्वर पेरिसडाँडास्थित पार्टी कार्यलयमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा आएको मत परिणामको समीक्षा र संघ तथा प्रदेशसभा निर्वाचन रणनीतिबारे छलफल हुने छ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बैठकमा ९९ सदस्यीय सचिवालय सदस्यका साथै सबै जिल्लाका इन्चार्ज सहभागी हुने जानकारी दिनुभयो । यस्तै दुई नम्वर प्रदेशमा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचन , संघ र प्रदेश निर्वाचनका लागि समेत रणनीति तय गरिने माओवादी केन्द्रले जनाएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]