century-bank

सकियो ‘धरहरा खोई’ को छायांकन

नेपाली लोक संगीतमा उदाएकी गायिका रिना बमको ‘धरहरा खोई’ बोलको गीतको म्युजिक भिडियोको छायाङ्कन सकिएको छ । भत्किएको धरहरा स्थल लगायत काठमाण्डौा विभिन्न स्थानहरुमा छायाङ्कन गरिएको गीतमा नव नायिका तथा मोडेल नानु गुरुङ र रामु खनालको मुख्य अभिनय रहेको छ । गीतको निर्देशन खुम सुनारले गरेका छन् ।

३ करोड नेपालीको बुलन्द आवाज बोकेको गीत धरहरा खोईमा लय शब्द रिना बमकै रहेको छ भने स्वरमा गायिका बमलाई शिवसागर खड्काले साथ दिएका छन् । धेरै मेहनत गरेर तयार गरीएको यस गीतले सबैको मन जित्न सक्ने नानु गुरुङ् बताउछिन् । गीतको भिडीयो छिटै सार्वजनिक गरिनेछ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]