century-bank

ह्युमपाईप भित्र छिरेर पनि बांचेकी सत्या सापकोटा यसो भन्छिन्

शुक्रबार काठमाडौँ महानगरपालिकको पहिलो नगरसभामा नवनिर्वाचित मेयर विद्या सुन्दर शाक्यले स्मार्ट ट्वाइलेट बनाउने लगाएतका लोकप्रिय कार्यक्रम घोषणा गर्दै थिए । स्मार्ट ट्वाइलेट तथा १०० दिन भित्र खाडलरहीत सडकको कुरा गर्दै गर्दा काठमाडौँका सामाखुशी चोक भारी वर्षा सँगै डुबानमा प¥यो । यहि क्रममा एक किशोरी बिद्यालयबाट फकीदैँ गर्दा सडक छेउको पानी जाने नालीमा परि ह्युमपाईप भित्र छिरेको दृश्य एकाएक सामाजीक सञ्जालमा भाइरल बन्यो ।

डुबानका कारण सडक हो या नाली केही भेग पाउन नसकीने अवस्थामा यि बालीका यसरी हियुम पाइपमा डुबीन र बग्दै ३० मिटर तल पुगेकी उनलाई स्थानीय एक युवाले नालीबाट तानेर वचाए । यसरी पानिमा डुबकी उनि सत्या सापकोटा हुन । नक्साल स्थीत बृहस्पती बिद्यासदनमा कक्षा ९ मा अध्यनरत उनि स्कुल बाट फर्केर बाटो काट्ने क्रममा यो दुर्घटना भएको हो ।

उनी भन्छिन् कुनै उच्च ओहदाको व्यक्ती यसरी दुर्घटनामा परेको भए यस्तो वेवास्ता हुदैन थियो ।
यो घटनाले काठमाडौँमा स्माट शौचालय देखी मोनोरेलको सपना बाँडीरहेका जनप्रतिनिधीहरुले देखे या देखेन तर हामी यि बालीकको अवस्था बुझन् शनिबार घटनास्थल पुग्यौ ।

सामाखुशीमा बस्दै आएकी सुशिला थापा मगरले पानि जमेको भिडियो खिच्दै गर्दा सापकोटा डुबेकी हुन् । महिनौ देखी बाटोमा रहेको खाल्डामा सत्या पर्छिनकि भनि चिन्तामा रहेकी उन्ले भिडियो खिच्दै गर्दा उनि त नालिमा परिन ।

ह्युमपाईपमा बग्दै गरेकी सापकोटालाई बचाउन नुवाकोटका बिबिलाल तामाङले दौडिदै गएर उन्लाई नालीबाट निकाले । शनिवार हामी त्याहा पुग्दा सत्या सापकोटा लाई वचाउने युवकलाई पनि त्यही भेट्यौ ।

सामाखुशी देखी गोगंबुसम्म रिङरोडको दुबै छेउको एक किलोमिटर भन्दा बढि नाली खुल्ला छोडीएको छ । यहि कारण पानि आउँदा ढल बुझीन्छ रसामाखुशी क्षेत्र जलमग्न हुन्छ । पानी परेपछि सधै यस्तो हुदो रहेछ यो क्षेत्रमा । यसपछि बाटो नाली कता के भन्ने कोसैले छुटउनै सक्दैन । र दैनिक मोटरसाइकल देखी पैदल यात्रु यसरीनै नालीमा डुब्छन् ।

यो सामाखुशी बासी तथा यो सडक भएर हिँड्ने सबैले बर्षा भएसँगै भोग्नु पर्ने नियती हो । सडक छेउमा ह्युमपाइप अलपत्र अवस्थामा राखीएको छ तर नालीमा मान्छे नडुबेको दिन हुँदैन । तर काठमाडाँैका जनप्रतिनिधी भने स्माट मोवाईल, स्माट ट्वाइ लेटमा अल्झीदै स्माट सिटी बनाउने भन्दै मेट्रो र मोनो रेलको सपना देखाईरहेका छन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]