century-bank

लामिछाने भन्छन् – भिजन भएका भनेर ठ्याक्कै भन्न सकिने र गन्न सकिने जनप्रतिनिधी मैले त देखीन

नवनिर्वाचित जनप्रतिनिधिहरुको हालत देख्दा दया लाग्न थालिसक्यो । कोही स्मार्ट फोन किनेर स्माट सिटी बनाउँछु भन्छन् ,कोही मेट्रो मोनो रेल,कोही बजेट छ गाडी किनौँ भन्छन्,कोही सरकारी कर्मचारीले काम गरेनन् सरुवा गरौँ भन्छन्,कोहि घर घर पुगेका छन् ,कोहि बृद्द भत्ता बढाउने भन्दैछन् के – के हो के – के ।

भिजन भएका भनेर ठ्याक्कै भन्न सकिने र गन्न सकिने जनप्रतिनिधी मैले त देखीन । सबका सब आफ्नो माउ पार्टीको बफादार कारीन्दा बन्ने संकेत देखाउँदै छन् । नेताहरुले जे गरे त्यही गर्न खोज्दैछन् । नव निर्वाचित जनप्रतिनिधी ज्युहरु एक पटक ध्यान दिएर सुन्नुहोस । ठुला ठुला गफ ठोक्न छोडेर केहि बेर कामको कुरा गरौँ ।

हामी सर्वसाधारण जनताले धेरै केही मागेनौ र आशा गरेनौँ तपाइहरुबाट । बाटाका खाल्डा खुल्डी पुर्नुस । जनताको गुनासो २४ घण्टा सुन्न सकिने कल सेन्टर खडा गर्नुस । आएका गुनासाहरुलाई अध्यन गर्नुस र युद्द स्तरमा समाधान गर्नुस । कुन कुन समस्या कति कति घण्टामा सम्बोधन गर्ने हो स्पष्ट प्रतिबद्वता दिनुस । जस्तै कुनै ठाउँको पर्खाल भत्कीयो भने ४८ घण्टा भित्र बनाउने प्रतिबद्वता दिनुस । नागरीकता आदिको सिफारीस १ घण्टा भित्र भन्नुस र गर्नुस आदी । अर्को कुरा विज्ञहरुलाई सल्लाहकार राख्नुस । आफ्नो प्राईभेट मोवाइल फोन नम्बर जनतालाई दिनुस् अनि जनताले फोन गर्दा उठाउनुस ।

यति गर्न सक्नुभयो भने धेरै केही चाहिन्न । र लाष्ट सल्लाह ठुला ठुला गफ दिन तत्काल बन्द गर्नुस ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]