century-bank

खाडी सङ्कट समाधान गर्न फ्रान्स मध्यस्तता गर्न इच्छुक

दोहा (कतार)  । फ्रान्सका विदेशमन्त्री जाँ यभेस ले ड्रेनले पेरिस खाडी मुलुकमा देखिएको समस्या समाधान गर्न कुवेतको मध्यस्थतामा चार अरब मुलुक साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन तथा इजिप्ट र कतारसँग भइरहेको वार्ताप्रयासमा सहयोग गर्न इच्छुक रहेको शनिबार बताउनुभएको छ ।

“कुवेत नेतृत्वको मध्यस्थतामा फ्रान्सले पहल लिनु जरुरी छ,” ले ड्रेनले कतारी समकक्षी शेख मोहम्मद विन अब्दुलरहमान अलथानीसँगको कुराकानीपछि सञ्चारकर्मीलाई बताउनुभयो ।

फ्रान्स कतारको खाडी क्षेत्रका अन्य केही छिमेकीसँग एक्कासी विग्रिएको सम्बन्धप्रति गहिरो चासो राखेको छ, कतारी इमीर शेख तमिम विन हमद अल थानीसँग पनि भेटी खाडी मुलुकको पछिल्लो सङ्कटकाबारेमा कुरा गरिसक्नुभएकाले ड्रेनले भन्नुभयो ।

फ्रान्सले समाधान खोज्न सबै सम्वद्ध खाडी मुलुकसँग अरब मुलुकबीचको तनाव कम गर्ने उद्देश्यले कुराकानी गरिसकेको उहाँले दावी गर्नुभयो ।

ले ड्रेन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनको मध्यस्थता अभियानमा चार दिनको खाडी मुलुकको भ्रमण र कुराकानी पछि बिहीबार फर्केपछि तय गरिएको कार्यक्रम अनुसार शनिबार कतार आउनुभएको हो । टिलरसनको खाडी बसाईले खासै उपलव्धि हाँसिल गर्न नसकेपछि ले ड्रेनले समस्या समाधानमा पहल गर्ने जनाउनुभएको हो ।
कतारी विदेशमन्त्रीले फ्रान्सले गर्ने पहलमा आफ्नो सहयोग रहने बताउदै वार्ता रचनात्मक रहनेमा विश्वास व्यक्त गर्नुभयो ।

खाडीका चार मुलुकले आतङ्कवादलाई सघाएको भन्दै कतारसँग गत महिनादेखि कुटनैतिक सम्बन्ध विच्छेद् गर्नुका साथै खाद्यान्न लगायतका सामानको आपूर्तिमा दोहामाथि प्रतिबन्ध लगाएको छ ।

एएफ्पी

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]