century-bank

आफ्नै आमाले माटोमुनि गाडेको नवजात शिशुको २४ घण्टापछिजीवितै उद्धार

एजेन्सी । ब्राजिलको कर्टिबमा एकजना मानिसले २४ घण्टापछि जंगलबाट एउटा गाडिएको नवजात शिशुलाई जीवितै उद्धार गरेका छन् ।

यस घटनाका तस्बिरहरु हाल सामाजिक सञ्जालहरुमा विश्वव्यपी रुपमा भाइरल भइरहेका छन् । समाचारका अनुसार कर्टिबबासी एक महिलाले लुसिन्डा फेरिरा गुइमारेस नाम गरेकी उनकी छिमेकी महिलालाई बिहानै कतै जाँदै गरेको देखिन् ।गुइमारेस त्यससमय गर्भवती थिइन् । तर बेलुकी जब उनी घर आइन् तब उनको कपडा रगतले लत्पतिएको थियो र शरीरको आकार पनि साबिकको तुलनामा सानो थियो । यति देखेपछि उक्त महिलालाई गुइमारेसप्रति शंका उत्पन्न भयो र उनले आसपासका क्षेत्रहरुमा खोजतलाश सुरु गरिन् ।

खोजतलाश कै क्रममा उनले जंगलको एउटा रुखको मुनि झिँगाहरु भनभनाइरहेका थिए र त्यहाँ एउटा शिशुको टाउको थियो । त्यसपश्चात ती महिलाले तुरुन्तै प्रहरीलाई जानकारी दिइन् । त्यस समय सबैलाई शिशु जिउँदो छैन भन्ने लागेको थियो तर जब शिशुलाई खाडलबाट बाहिर निकालियो तब त्यो रुन थाल्यो ।

त्यसपश्चात त्यसलाई सरसफाई गरेर र उसको बुबाको हातमा प्रहरीले सुम्पियो र आमालाई गिरफ्तार गरियो ।ती महिला गुइमारेसले नजिकैको जंगलमा उक्त नवजात शिशुलाई जन्म दिएकी थिइन् र त्यसलाई जिउँदै पुरेकी थिइन् ।यसरी जन्मको २४ घण्टासम्म माटो मुनि गाडिएपनि शिशुको स्वाथ्यमा कुनै खराबी नआई बाँच्नु सबैको आश्चर्यको विषय बनेको थियो । यसका बारेमा प्रहरी तथा चिकित्सकहरु ३ कारण बताएका थिए ।

प्रहरीले त्यस समय पानी परेको कारणले शिशुको शिरको माटो बगाएको हुँदा उसको टाउको बाहिर निक्लेर उसलाई साँस फेर्न सम्भव भएको थियो । दोस्रोमा चिकित्सक कारण देखाउँदै भने शिशुको शरीरमा जेलिएका सालनालले उसलाई रगतको कमी हुन दिएन र उक्त सालनालकै कारणले शिशुको शरीरमा २४ घण्टा नै पोषण तत्वको कमी हुन पाएन । हाल उक्त शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको छ।

यस घटनाका तस्बिरहरु हाल सामाजिक सञ्जालहरुमा विश्वव्यपी रुपमा भाइरल भइरहेका छन् । समाचारका अनुसार कर्टिबबासी एक महिलाले लुसिन्डा फेरिरा गुइमारेस नाम गरेकी उनकी छिमेकी महिलालाई बिहानै कतै जाँदै गरेको देखिन् ।गुइमारेस त्यससमय गर्भवती थिइन् । तर बेलुकी जब उनी घर आइन् तब उनको कपडा रगतले लत्पतिएको थियो र शरीरको आकार पनि साबिकको तुलनामा सानो थियो । यति देखेपछि उक्त महिलालाई गुइमारेसप्रति शंका उत्पन्न भयो र उनले आसपासका क्षेत्रहरुमा खोजतलाश सुरु गरिन् ।

खोजतलाश कै क्रममा उनले जंगलको एउटा रुखको मुनि झिँगाहरु भनभनाइरहेको देखिन् । जब उनले त्यसको नजिक गएर हेरिन् त्यहाँ एउटा शिशुको टाउको थियो । त्यसपश्चात ती महिलाले तुरुन्तै प्रहरीलाई जानकारी दिइन् । त्यस समय सबैलाई शिशु जिउँदो छैन भन्ने लागेको थियो तर जब शिशुलाई खाडलबाट बाहिर निकालियो तब त्यो रुन थाल्यो ।

त्यसपश्चात त्यसलाई सरसफाई गरेर र उसको बुबाको हातमा प्रहरीले सुम्पियो र आमालाई गिरफ्तार गरियो ।वास्तवमा ती महिला गुइमारेसले नजिकैको जंगलमा उक्त नवजात शिशुलाई जन्म दिएकी थिइन् र त्यसलाई जिउँदै पुरेकी थिइन् ।यसरी जन्मको २४ घण्टासम्म माटो मुनि गाडिएपनि शिशुको स्वाथ्यमा कुनै खराबी नआई बाँच्नु सबैको आश्चर्यको विषय बनेको थियो । यसका बारेमा प्रहरी तथा चिकित्सकहरु ३ कारण बताएका थिए ।

प्रहरीले त्यस समय पानी परेको कारणले शिशुको शिरको माटो बगाएको हुँदा उसको टाउको बाहिर निक्लेर उसलाई साँस फेर्न सम्भव भएको थियो । दोस्रोमा चिकित्सक कारण देखाउँदै भने शिशुको शरीरमा जेलिएका सालनालले उसलाई रगतको कमी हुन दिएन र उक्त सालनालकै कारणले शिशुको शरीरमा २४ घण्टा नै पोषण तत्वको कमी हुन पाएन । हाल उक्त शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको छ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]