century-bank

फूल लभस्टोरी फिल्ममा ४ नायिकाको साथ देखिदै रोमान्टिक वादशाह दिनेश केसी

झण्डै दर्जन फिल्म खेलिसकेका नायक दिनेश केसीले एक फिल्मको लागि निकै महंगो पारिश्रमिक बुझेका छन् । दोलखा फिल्मस्को व्यानरमा निर्माण हुन गइरहेको एक अनटाइटल प्रोजेक्टको लागि उनले १० लाख पारिश्रमिक बुझेका हुन् । २०६७ सालदेखि यो रंगिन दुनियामा प्रवेश गरेका नायक केसीले बल्ल आएर एक राम्रो व्यानरमा जोडिने मौका पाएको बताए ।

छिट्टै फ्लोर जाने भनिएको यो चलचित्र विसुद्ध प्रेमकथामा आधारित रहनेछ । चलचित्रमा ४ नायिका रहने नायक केसीले बताएका छन् । हाल नायिका छनौटको क्रममा रहेको फिल्म निर्माण संस्था दोलखा फिल्मस्ले जनाएको छ । सञ्जय पाण्डेले गायक शिशिर योगीको गीतमा मोडलिङ गराउँदै दिनेशलाई ब्रेक दिएका थिए । हाल सम्म करिब दुई दर्जन म्यूजिक भिडियोमा मोडलिङ गरेका उनको पहिलो चलचित्र भने रन्जित राणा निर्देशित ‘आइएम् क्रेजि’ हो । तर विडम्बना भन्नूपर्छ उनको पहिलो अभिनित फिल्म प्राविधिक कारणवस हल सम्म आउन पाएन ।

अझै यो फिल्म ल्यावमा थन्किएर बसेको छ । त्यसपछि दिनेशले फिल्म क्षेत्रको सशक्त खलअभिनेता दिनेश शर्माको फिल्म ‘दानव’ मा काम गरे । यसपछि कुनै समय फिल्ममै व्यस्त जीवन गुजारे नायक केसीले । राजाराम दाहालको ‘नेपथ्य’, विवेक सापकोटाको ‘निशाफ’ ऋषि न्यौपानेको क्रमश चार फिल्म ‘झमेला’, ‘लाले’, ‘वादशाह’ र ‘खतरनाक’ मा काम गरे । तर कति फिल्म हल आए कति हल सम्म आउनै पाएन । उनी भन्छन्, ‘गरेको काम दर्शक समक्ष नआउँदा म निराश बन्न पुगे । पहिला त्यति व्यस्त म बीचमा फिल्म क्षेत्र नै त्यागिदिउ जस्तो लाग्यो ।

अनि ग्यापपनि गरे । तर अहिले राम्रो व्यानर र टिम पाएकाले पुन म फिल्म मै केही गर्छु भनेर कस्सिएको छु ।’ दिनेशको शीर्ष भूमिकामा निर्माण हुन गइरहेको चलचित्रलाई बेल्जियम निवासी एक नेपाली नागरिकले निर्माण गर्न लागेका हुन् । चलचित्रको काठमााडौं, थाइल्याण्ड, सिंगापुर हुँदै यूरोपका विभिन्न रमणीय देशहरुमा छायांकन गरिनेछ ।

४ नायिकामा एक भने थाइल्याण्डको थाई कलाकार रहने पक्का भएको निर्माण संस्थाले जनाएको छ । बीचमा ग्याप हुँदा सामाजिक सञ्जाल मार्फत दर्शकले खोजी गर्दै कता हराएको भन्ने जस्ता कमेन्टले आफूमा पुनः उत्साह थपिएको नायक केसीको भनाइ छ । उनी विगत सम्झदै भन्छन्, ‘एकपटक त मलाई कस्तो अनलक्की रहेछु जस्तै फिल भयो । जति फिल्ममा काम गरे ती सबै गर्न कै लागि मात्र गरे जस्तो भयो ।

सायद मैले व्यानर चुज गर्न जानिन होला । आफूले गरेको काम दर्शक समक्ष नआउँदा बैराग लाग्थ्यो ।’ चलचित्रको सुटिङ थाइल्याण्डबाट सुरु हुने बताएका दिनेशले नायिकाको विषयमा मुख खोलेका छन् । निर्मातासँग सल्लाह हुँदा कि त चल्तीकै हिरोइन लिने कि त ट्यालेन्टेड फ्रेस अनुहार लिने कुरा भएको उनले बताएका छन् । चलचित्रमा एक लभर ब्वाईको भूमिका नायक दिनेशले निर्वाह गर्दैछन् । उक्त चरित्रको लागि हाल स्क्रिप्ट अध्ययनमा समय दिइरहेको उनको भनाइ छ । सस्पेन्स लभस्टोरी चलचित्रको लागि न्याय गर्न सक्ने निर्देशकको खोजिमा निर्माण यूनिट रहेको छ ।

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]