century-bank

आत्मकथा लिएर आउँदैछन् महजोडीका मदनकृष्ण श्रेष्ठ

महजोडीका कलाकार मदनकृष्ण श्रेष्ठ आत्मकथा महको लिएर आउने भएका छन् ।

प्रकाशक संस्था फाइन प्रिन्टले हिजो राजधानीमा आयोजना गरेको कार्यक्रममा भदौ २० लाई बिमोचनको मिती तय गरीएको जानकारी गरायो ।

कार्यक्रममा बोल्दै कलाकार मदनकृष्ण श्रेष्ठले आफूले जीवनमा भोगेका विभिन्न आरोह–अवरोह समेटेर पुस्तक तयार पारेको जानकारी दिए । झण्डै ६ वर्षको लेखनपछि आत्मकथा प्रकाशनको चरणमा पुगेको उनले बताए । भदौ २० मदनकृष्णले विवाह गरेको दिन भएकोले सोही अवसर पारेर आफ्नो आत्मकथा विमोचन गर्न लागेको उनले खुलासा गरे ।

त्यस्तै कलाकार हरिवंश आचार्यले महको यात्राबारे आफ्नो आत्मकथा चिना हराएको मान्छे मा छुटेका कतिपय सन्दर्भहरु महको म मा समेटिएको जानकारी गराए । उनले भने “महको मले जीवनमा संघर्ष गर्न र साथीसँगको सम्बन्ध तथा एकतामा हुने शक्तिलाई बुझ्न सहयोग पुर्‍याउने छ ।”
प्रकाशक संस्था फाइनप्रिन्ट ले पुस्तकको प्रकाशन गर्ने जिम्मा लिइको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]