century-bank

चालिस किसानलाई ट्रयाक्टर

मलेखु । भूकम्पप्रभावित ४० अगुवा किसानलाई आज ट्रयाक्टर वितरण गरिएको छ ।

सरकारको ९० प्रतिशत अनुदानमा कृषक समूह र सहकारीमा आबद्ध किसानलाई जिल्ला कृषि विकास कार्यालयले प्रोत्साहनस्वरुप ट्रयाक्टर वितरण गरेको हो ।
लामो समयदेखि तरकारी खेती गर्दै आइरहेका किसानले राष्ट्रिय पुनःनिर्माण कोष कार्यक्रमअन्तर्गत उक्त ट्रयाक्टर पाएका छन् ।

कृषिलाई व्यावसायिक र नाफामुखी बनाउने उद्देश्यले अनुदानमा ट्रयाक्टर वितरण गरिएको कार्यालयका प्रमुख केशव देवकोटाले बताए ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]