century-bank

योग दिवस सरकारले विशेष कार्यक्रमका साथ मनाउने

काठमाण्डौ । तेस्रो अन्तर्राष्ट्रिय योग दिवस सरकारले बुधबार विशेष कार्यक्रमका साथ मनाउने भएको छ । स्वास्थ्यसँग जोडिएको योगलाई यो वर्ष योग गरौँ, निरोगी बनौँ भन्ने नारा तय गरिएको सरकारले जनाएको छ ।

योग दिवसको पूर्वसन्ध्यामा काठमाडौँमा पत्रकार सम्मेलन गर्दै शिक्षा मन्त्रालयले काठमाडौँको प्रदर्शनीमार्गमा विशेष कार्यक्रमका साथ बुधबार बिहान ५ बजे ‘योगाभ्यास’ कार्यक्रम गरेर मनाइने जानकारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्ु्घाटन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

शिक्षा मन्त्रालयले देशभरका विद्यालयमा योग अभ्यासबारे बहस र छलफल सहित बिभिन्न कार्यक्रम हुने जनाएको छ । संयुक्त राष्ट्र सङ्घले गत वर्षदेखि जुन २१ लाई अन्तराष्ट्रिय योग दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]