century-bank

म्याग्दीका भूकम्प प्रभावित किसानलाई प्राप्त अनुदानमा अनियमितता

  • हरिकृष्ण गौतम

म्याग्दी । भूकम्प प्रभावित किसानलाई कृषि औजार तथा सामग्री खरिदमा वितरण गरिएको अनुदानमा अनियमितता, कृषि विकास कार्यालयले मनपरि गरेको कृषकहरुको गुनासो ।


म्याग्दीका भूकम्प प्रभावित किसानलाई कृषि औजार तथा साम्रगी खरिदमा वितरण गरिएको अनुदान रकम दुरूपयोग भएको गुनासोहरु उठन थालेको छ । चालु आर्थिक वर्षको राष्ट्रिय पुननिर्माण राहत पुर्नस्थापना कार्यक्रममार्फत भूकम्प प्रभावित कृषकले खरिद गर्नुपर्ने कृषि औजार तथा सामग्रीमा जिल्ला कृषि विकास कार्यालयका कर्मचारीले विना जानकारी खरिद गरेर अनुदान रकममा अनियमितता गरेको पीडितहरुको आरोप छ ।

म्याग्दीका भूकम्प प्रभावित कृषकलाई अनुदान कार्यक्रम अन्तर्गत ड्रिप इरिगेशन ग्रेविटी विथ टैंक (थोपा सिँचाई) जिल्लाका १० जना कृषकहरुलाई ३२ हजार सात सय ५० रुपैयाँ बराबारको कृषि साम्रगी वितरण गनुर््पर्नेमा कमसल र कम सामग्री उपलब्ध गराइएको बताइएको छ । कुल रकमको १० प्रतिशतका दरले किसानले तीन हजार २ सय ७५ रुपैयाँ कार्यालयमा उपलब्ध गराएपछि प्राप्त भएको साम्रगी १० हजारभन्दा कम रहेको कृषक प्रेम गिरीको आरोप छ । गतबर्ष राष्ट्रपति कृषक सम्मानबाट समेत पुरस्कृत भएका गिरीले कृषकले आवश्यकता अनुसारको साम्रगी खरिद गरी बिल उपलब्ध गराउने बताइएपनि एक्कासि साम्रगी बुझ्न बोलाइएपछि वितरण गरिएको साम्रगी बजारमा समेत करिव १० हजार भित्र उपलब्ध हुने देखेपछि कार्यालयमै फिर्ता गरेका छन् ।
पाईप भारत र इजरायलबाटै खरिद गरिएको कर्मचारीले बताएपनि बजारमै सहजै उपलब्ध रहेको कृषकको भनाई छ ।
अनुदानको साम्रगी लिन ११ जनाको निवेदन परेकोमा १० जनाले दिएको निवेदनमा समेत सामान खरिद वापतको रकम भुक्तानी दिने आशयको निवेदन पेश गरिएको छ । यता कार्यालय प्रमुख श्यामराज रिजालले आर्थिक अनियमितता भएको भन्ने आरोप अस्वीकार गर्नु भएको छ ।

जिल्लामा कृषि औजार तथा सामग्री खरिदमा यो वर्ष विभिन्न ७ शिर्षकमा ३२ लाख ९० हजार प्राप्त भएको कार्यालयले जनाएको छ । तर कृषि उत्पादनमा उत्कृष्ट मानिएका भूकम्प प्रभावित कृषकलाई बेवास्ता गरेर पहुँचका भरमा साम्रागी वितरण गरिएको पाइएको छ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]