tata_tiago
century-bank

गोलभेंडाका बोटहरु धमाधम मर्न थालेपछि पर्वतका किसानहरु समस्यामा

  • सुवास लामिछाने

पर्वत । टुट्टा एप्सुलेटा नामक किराले पात खाँदा गोलभेंडाका बोटहरु धमाधम मर्न थालेपछि पर्वतका किसानहरु समस्यामा परेका छन् । व्यवसायिक रुपमा टनेलभित्र गोलभेंडा खेती गर्दै आइरहेका पर्वतका अधिकांश गाउँपालिका तथा नगरपालिकाका किसानहरु चिन्तित बनेका हुन ।

पर्वत सदरमुकाम कुश्मा नगरपालिका तथा जलजला गाउँपालिकाको नाङ्लिबाङ, धाइरिङ पाङ लगायतका स्थानमा नयाँ किराले पात खनेर गोलभेंडाका बोटहरु धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका हुन् । फल लागेर टिप्ने बेलामा धमाधम बोट मरेपछि किसानहरु लगानी समेत नउठ्ने चिन्ताले पिरोलिएका छन् ।

सोहि गाउँका मानबहादुर क्षेत्रीले ४ रोपनी क्षेत्रफलमा लगाएको गोलभेडा खेतीमा यस्तो प्रकोप देखापरेपछि आफुहरु समस्यामा परेको बताएका छन् । स्थानीय कृषि प्राविधिकको सिफारिसमा ‘अल्कोरा’ नामक विषादि छर्किएपनि समस्या समाधान नभएपछि किसानहरु समस्यामा परेका हुन् । त्यस्तै कुश्मा नगरपालिका ८ अम्बोटमा अर्गानिक गोलभेंडा खेती गर्दै आइरहेका लालबहादुर हरिजन पनि किराले गोलभेंडामा आक्रमण गरेपछि हैरान भएका छन् ।

केहि समय पहिला देखि एक्कासि पर्वतका अधिकांश क्षेत्रमा यस्तो किराको प्रकोप देखिएको भएपनि तत्काल रोकथाम गर्न कृषि बिकास कार्यालयले पहल गरिरेहेको भएपनि रोकथाम गर्न नसकिएको जनाएको छ ।

जिल्लाको धेरैजसो ठाउँको गोलभेंडा खेतीमा यो समस्या देखिएको छ । अहिले जिल्लामा करिव दुई सयभन्दा बढी किसानहरुले प्लाष्टिक टनेल घरभित्र गोलभेंडा खेती गर्दै आइरहेका छन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]