tata_tiago
century-bank

निर्वाचन नहोलाकी भन्ने आशंका चिर्दै निर्वाचनको माहौल बनेपछि रुपन्देहीवासी उत्साहित

  • सरिना मरासिनी

रुपन्देही । निर्वाचन नहोलाकी भन्ने आशंका चिर्दै निर्वाचनको माहौल बनेपछि रुपन्देहीवासी उत्साहित, युवा र महिलाको प्रतिनिधित्व बढाउने मतदाताहरुको चाहना ।
तराईको जिल्ला त्यसमाथि तराई मधेस केन्द्रित दलहरुको वहिष्कारका कारण रुपन्देहीमा निर्वाचन नहुने हो की भन्ने आशंका मेटिएपछि मतदाता असार चौधको प्रतीक्षामा व्यग्र बन्न थालेका छन् । आफुले मन पराएको जनप्रतिनिधि चुन्न आतुर देखिएका मतदाताहरुमा पनि युवा जमातमा विछट्टै उत्साह देखिएको छ ।

स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा चुनावप्रति स्थानीय उत्साहित भएको पाइएको छ । विषेश गरि युवालाई नेतृत्व दिनुपर्ने युवाहरुको माग र चाहना छ । स्थानीय तहको निर्वाचन आवश्यक रहेको तथा स्थानीय तहबाट विकास निर्माणको काम अघि बढ्ने हुँदा विकासको गति बढ्ने स्थानीय युवाहरुको विश्वास छ ।

यस पटकको निर्वाचनमा महिलालाई पनि प्रमुख पदहरुमा अनिवार्य उम्मेदवारी दिनुपर्ने ब्यवस्थाका कारण महिलाहरु निर्वाचित हुने र महिला मैत्री स्थानीय तहको निर्माण हुने स्थानीयको भनाई छ । यता राजनितिक दलहरु पनि आ आफ्नो एजेण्डा लिएर अघि बढेका छन् । दलका उम्मेदवारहरु विकास र सम्बृद्धिका नारा लिएर अघि बढेका छन् भने घरदैलो कार्यक्रमलाई तीब्रता दिइएको उम्मेदवारहरुको भनाई छ ।

सैनामैना नगरपालिकामा ११ वटा वडा १३ मतदान स्थल र ४० मतदान केन्द्र रहेका छन् । यि मध्ये नगरपालिकाका सबै वडामा अनुगमन तथा निरीक्षण सम्पन्न भैसकेको तथा एक दुई दिनमा मतदाता परिचय पत्र वितरण कार्यक्रम अगाडि बढाईने सैनामैना नगरपालिकाका निर्वाचन अधिकृत राजेन्द्र थापाले बताउनु भयो ।एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका रहेको रुपन्देहीमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाबीच प्रतिष्पर्धा हुने देखिएको छ भने दलहरु चुनावी माहौल आफ्नो पक्षमा पार्न लागिपरेका छन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]