tata_tiago
century-bank

स्थानीय तहको निर्वाचनका कारण सुन बजार प्रभावित

काठमाण्डौ । स्थानीय तहको निर्वाचनका कारण सुन बजार प्रभावित , विवाहको मौसम हुँदा पनि निर्वाचनले थलिएको सुन बजार पूर्ववत अवस्थामा फर्कन सकेन ।

वैशाख ३१ को स्थानीय तहको पहिलो चरणको निर्वाचन हुनुभन्दा दुई साता अघि देखि सुस्ताउन थालेको सुन बजार अहिलेसम्म साधारण अवस्थामा समेत फर्कन सकेको छैन् । नेपालमा विवाहको लगन पर्ने सिजनमा अत्याधिक सुनको कारोबार हुने गरेको छ । तर यसपाली विवाहको सिजनमा निर्वाचन परेकोले सुन कारोवारमा मन्दी आएको छ । पहिलो चरणमा स्थानीय चुनाव सम्पन भएसँगै दोस्रो चरणको स्थानीय निकायको चुनावको तयारीमा मुलुलक जुटेकाले सुन बजार थप प्रभावित भएको छ ।

निर्वाचनको कारणले यसपटक विवाहको सिजन भए पनि सुनको कारोवार न्यून देखिन्छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा २८ अर्ब ७७ करोडको सुनचाँदी आयात भएको छ । आयात भएको सुनचाँदीमध्ये २१ अर्ब १५ करोड ८७ लाखको सुन हो भने ७ अर्ब ६२ करोड ११ लाखको चाँदी हो । गत वर्षको साउनदेखि वैशाखसम्म करिब २२ अर्ब रुपैयाँ मूल्य बराबरको सुनचाँदी आयात भएको थियो । अर्थतन्त्रमा आएको सुधार तथा राजनीतिक स्थिरताको कारणले पनि गएको वर्षको भन्दा बढी सुन आयात भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस वर्ष सरकारले मंसिरदेखि फागुन मसान्तसम्मको चार महिनाको अवधिमा २५ किलो र अन्य समयमा २० किलो सुन आयात गर्न पाउने कोटा निर्धारण गरेपछि पनि सुनको आयात बढेको हो । निर्वाचनले गर्दा यस बर्ष साउनसम्म बजार यसरी नै सुस्त गतिमा अघि बढ्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए ।

केही समय अघिसम्म बजारम सुन अभाव हुँदा उपभोक्ता आफूलाई आवश्यकता पर्दा तोलामै ३÷४ हजार रुपैयाँसम्म बढी मूल्य हालेर सुन किन्न वाध्य हुन्थे । तर, दैनिक २० किलो सुन आयात हुन थालेपछि सुन नपाउने समस्या भने समाधान भएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]