century-bank

सरकारले अनुदान दिएपछि ताराखोला साना सामुदायिक जलविद्युत निर्माण तीब्र

  • सुवास गौतम

बाग्लुङ । सरकारले कुल लागतको आधा रकम अनुदान दिएपछि बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा निर्माणाधीन ताराखोला साना सामुदायिक जलविद्युत आयोजना निर्माणले तीब्रता पाएको छ । ३ सय ८० किलोवाट क्षमताको आयोजना निर्माणको लागि सवा ९ करोड सरकारी अनुदान स्वीकृत भएपछि आयोजनाले तीव्रता पाएको हो ।

आयोजना सुरु भएको लामो समय सम्म प्रगति नहुदा निराश बनेका स्थानीय अनुदान स्वीकृत भएसंगै धमाधम निर्माण कार्य सुरु भएपछि गाउँपालिकावासीमा उत्साह छाएको छ । अबको एक बर्ष भित्र आयोजनामा विद्युत बल्ने गरी निर्माण तीव्र बनाइएको आयोजनाले जनाएकोे छ । आयोजना सम्पन्न गर्नको लागि स्थानीयबाट शेयर संकलन गरी ५ करोड ५ लाख २ हजार ५ सय ७० रुपैया जुटाईएको छ । आयोजनाको लागि सरकारी अनुदानबाट ९ करोड २ लाख, समुदायबाट शेयर लगानी ५ करोड ५ लाख २ हजार ५ सय ७० रुपैयाँ गरि जम्मा १४ करोड ७ लाख २ हजार ५ सय ७० रुपैयाँ जुटेको छ । अझै ४ करोड रकम अपुग रहेको आयोजनाले जनाएको छ । नपुग रकम जुटाउन स्थानीय समुदायमै शेयर विक्री गर्ने गरी जनताको घरदैलो अभियान चलाईएको छ ।

पहिलो प्राथमिकता समुदायलाई नै लगानी गराउने रहेपनि स्थानीय रुपमा शेयर विक्रिबाट नपुग भएको रकम बाहिरबाट जुटाउने तयारी आयोजनाले गरेको छ । अहिलेसम्म विद्युतको कुलो निमार्णको कार्य ७५ प्रतिशत सम्पन्न भएको आयोजनाको भनाई छ । विद्युत आयोजना निर्माणको लागि सूर्य हैम्जो जेबी कम्पनीसँग सम्झौता भएको छ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]