century-bank

प्रहरी तालिम केन्द्रमा केरा खेती थालियो

चितवन । तत्कालीन मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र अर्थात अहिलेको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरले कुनै बेला बिद्रोही आक्रमण रोक्नका लागि प्रयोग गरेको टे«न्चपोष्ट यतिबेला केरा खेतीको लागि प्रयोगमा ल्याइएको छ ।

२०५२ सालदेखि ६२ सालसम्मको चर्को द्धन्द्धको समयमा वाहिरी आक्रमणबाट बच्नका लागि प्रहरीले तालिम केन्द्रको चारै घेरा नहर जस्तै गहिरो खाडल बनाएर आफुलाई बिद्रोहीबाट सुरक्षित बनाउने काममा खाडल प्रयोग गर्दै आएको थियो ।

देशमा शान्ति स्थापनासंगै ती जमिनमा बनाईएका खाडलको प्रयोग हुन छाडेपछि यतिबेला सो जमिन प्रहरीले केरा खेतीको लागि प्रयोगमा ल्याएको जुनियर अधिकृत शिक्षालय भरतपुरले जनाएको छ । खाली जमिन उपयोग गरी हराभरा बनाउने उदेश्य अनुरुप पनि सो जमिनमा केरा रोपिएको हो ।

तत्कालीन समयमा तालिम केन्द्रले आफनो दायरा भित्रको जमिनको पूरै रक्षा हुनेगरी गोलाकार आकारमा ५ देखि १२ फिट उचाई र २ देखि ४ फिट चौडाई भएका खाडल खनी खाडलको छेउमा टे«न्च पोष्ट बनाएको थियो । पछिल्लो समयमा देशमा शान्ति स्थापना संगै ती खाडलहरु उद्यमशीलताका लागि प्रयोगमा ल्याईएको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका प्रमुख डिआईजी रणबहादुर चन्दले बताए । यतिबेला तालिम केन्द्रको चारै घेराका ती खाडलहरुमा केराका निकै मौलाएका बोटहरु देख्न सकिन्छ ।

केन्द्रले करीव ५ सय बोटको हाराहारीमा केरा लगाएको छ । त्यो जमिन त्यसै उपयोगविहीन राख्नु भन्दा प्रयोग गर्नु नै उत्तम भएकाले केरा रोपिएको उहाँको भनाई छ । बगतमा दुश्मन माथि ग्रिनेट आक्रमणका लागि पनि टे«न्चपोष्ट प्रयोगमा ल्याईने गरेको हो ।

प्रहरीले द्धन्द्धकालमा केन्द्र सुरक्षाका लागि र टाढा टाढाका गतिविधि अवलोकन गर्न प्रयोगमा ल्याएका आधा दर्जन जति भ्यू टावरहरु भने यतिबेला प्रयोगविहीन बनेका छन् । निकै टाढाटाढा सम्मको गतिविधि नियाल्न मिल्ने गरी ती टावरहरु बनाईएका थिए । टावरको प्रयोग हुन छाडेपछि ति खिया लागेर अशोभनीय देखिन थालेका छन्।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]