century-bank

दोस्रो चरणको मातदानमा मतदाताहरुलाई ढुक्क भएर मतदान गर्न अपील

  • कृष्ण पाण्डे

रुपन्देही । निर्वाचनलाई प्रभावित पार्ने हरेक क्रियाकलापलाई निस्तेज पार्न सरकार तयार रहेको गृहमन्त्री जनार्दन शमाले दावी गरे ।

गृहमन्त्री जनार्दन शर्माले दोश्रो चरणमा हुने स्थानीय तहको निर्वाचनलाई प्रभावित पार्ने हरेक क्रियाकलापलाई निस्तेज गर्न सरकार तयार रहेको बताएको छ । उनले असार १४ गते मतदाताहरु भयरहित वातावरणमा निर्वाचनमा भाग लिन सक्ने भन्दै सोही अनुसारको सुरक्षा रणनीति निर्माण गरिएको बताए ।

सोमबार रुपन्देहीको बुटवलमा सञ्चारकर्मीहरुसँग मन्त्री शर्माले निर्वाचनको विरोध गर्ने नाममा आतंक फैलाउन खोज्ने राजनीतिक दलहरुलाई कारवाही गर्न सरकार तयार रहेको बताए। उनले दोश्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने क्रममा विभिन्न जिल्लामा देखिएको घटनाप्रति खेद प्रकट गर्दै निर्वाचनका लागि सरकारले थप रणनीतिको निर्माण गरेर सुरक्षा व्यवस्थामा कडाई गरिएको बताए ।गृह मन्त्री शर्माले कपिलबस्तु घटनाबारे अनुसन्धान भैरहेको उल्लेख गर्दै निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन सरकार पूर्णरुपले प्रयासरत रहेको बताए ।

निर्वाचन आयेगसँग छलफल गरेर संवेदनशील निर्वाचन क्षेत्रहरु समेत पत्ता लगाएर सुरक्षामा कुनै कमी नराखेको बताए ।मन्त्री शर्माले सरकारको तर्फबाट सुरक्षाको दृष्टिकोणमा कुनै कमि नभएको भन्दै मतदाताहरुलाई मतदानस्थलमा मतदान गर्न ढुक्क भएर जान समेत आग्रह गर्नुभएको थियो ।
गरेको

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]