century-bank

रुकुममा ५ जना वडा सदस्य निर्विरोध निर्वाचित

  • लोकेन्द्र खनाल

रुकुम । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा रुकुमको भूमे गाउँपालिकामा उम्मेदवारी दिएका पाँच जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।


रुकुमको भूमे गाउँपालिका वडा नं. ७ का ४ र सोही गाउँपालिका वडा नं. ६, का एक जना सदस्य गरी ५ जना सदस्य निर्विरोध बनेका हुन् । तर निर्वाचन अधिकृतको कार्यालयले भने यसको औपचारिक घोषणा गरिसकेको छैन ।

वडा नम्वर ७ मा महिला सदस्य, दलित महिला सदस्य र अन्य २ जना सदस्य तथा ६ नम्वर वडाका दलित महिला सदस्य पदमा नेकपा माओवादी केन्द्रका तर्फबाट मात्रै उम्मेदवारी परेको सो गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत ज्ञानेन्द्र इटेनीले जानकारी दिए ।

७ नम्वर वडाको महिला सदस्यमा मनकुमारी बुढा, दलित महिला सदस्यमा रामकुमारी सुनार तथा अन्य दुई सदस्यमा धनिमान बुढा र रुपधन कामीको मात्रै उम्मेदवारी परेको छ भने वडा नम्वर ६ को दलित महिला सदस्यमा मीना सुनारको एक्लैको उम्मेदवारी परेको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]