tata_tiago
century-bank

चुनावी प्रचारप्रसारको क्रममा राजनीतिक दलहरुलाई संयमता अपनाउन निर्वाचन आयोगको अपील

काठमाण्डौ । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई संयमता अपनाउन आग्रह गरेको छ । आयोगले दोश्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आइतबार भएको उम्मेद्वार मनोनयन दर्ताका क्रममा बाजुरामा भएको झडपलाई लिएर राजनीतिक दलहरुलाई संयम हुन आग्रह गरेको हो ।

आइतबार उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा बाजुराको क्षेडेदह गाउँपालिका वडा नं. ५ डोगडीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा हंसबहादुर राउतको मृत्यु भएको विषयलाई खेद प्रकट गर्दै दलहरुलाई संयम हुन आग्रह गरेको हो । आयोगले यस्तै कपिलवस्तुको बाणगंगामा बम विष्फोट भएको विषयलाई लिएर पनि सरकारसँग उच्च सुरक्षा व्यवस्थाको माग गरेको छ ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचन पूर्व भएको गतिविधिले मतदाताहरुलाई मतदान केन्द्रमा आउन त्रास उत्पन्न हुने भन्दै सरकारलाई भयरहित वातावरणमा निर्वाचनसम्पन्न गर्न आग्रह गरेको छ । आयोगले सरकारलाई मतदाताहरुको मताधिकार हनन हुन नदिन सुरक्षाको प्रत्याभूति दिलाउन यथाशीघ्र उच्च सुरक्षा संयन्त्र निर्माण गर्न निर्देशन समेत दिएको छ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]