century-bank

प्रधानन्यायाधीशको नाम सिफारिसका लागि बसेको संवैधानिक परिषद्को वैठक निष्कर्षविहीन

प्रधानन्यायाधीशको नाम सिफारिसका लागि बसेको संवैधानिक परिषदको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधान्यायाधीशको नाम सिफारिस गर्ने विषयमा राजनीतिक दलहरुबीच सहमति जुट्न नसक्दा बैठक विना निष्कर्ष टुंगिएको हो ।
निमित्त प्रधानन्यायधीश सुशीला कार्कीको अवकाशपछि नयाँ प्रधानन्यायाधीशको नाम सिफारिसका  लागि सोमबार सिहंदरबारमा बसेको संवैधानिक परिषदको बैठकमा प्रधानन्यायाधीश गोपाल पराजुलीलाई नाम सिफारिस गर्ने विषयमा प्रतिपक्ष दलले छलफल गर्न बाँकी रहेको जनाएपछि बैठक विना निष्कर्ष टुंगिएको हो । नाम सिफारिस गर्ने विषयमा नेकपा एमालेले थप अनुसन्धान गर्नुपर्ने जनाएको उपसभामुख गंगा प्रसाद यादवले बताउनुभयो ।
कामु प्रधानन्यायाधीश पराजुलीलाई जन्म मितिको विषयमा सर्वोच्चमा रिट दायर भएको थियो । यद्यपी सर्वोच्चले उक्त रिटमा पराजुलीको पक्षमा फैसला गरेपनि प्रतिपक्ष दलले सोमबारको बैठकमा पराजुलीको विषयमा छलफल र अनुसन्धान गर्न जरुरी रहेको जनाएका थिए ।परिषदको अर्को बैठक असार १५ गते पुनः बस्ने छ ।  संवैधानिक परिषदले सिफारिस गरेको नाममाथि संसदीय सुनुवाई समितिले सुनुवाई गर्ने छ । समितिले व्यक्तिमाथि सुनुवाई गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]