tata_tiago
century-bank

किन पार्टी परित्याग गरि एमालेमा प्रवेश भईन अनिता यादव

राजपा कोषाध्यक्ष अनिता यादवले सो पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेकी छन्

 

 

अनिता यादवले पार्टीले समयानुकुल परिबर्तन आत्मसाथ गर्न नसक्नु चुनाबमा भाग लिन नखोज्नु जस्ता कारणले पार्टी परित्याग गर्नु परेको बताईन
अनिता यादव केही महिनाअघि नवलपरासीमा सम्पन्न भएको तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको महाधिवेशनबाट केन्द्रीय कोषाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनी ६ वटा मधेसवादी पार्टीको एकीकरणपछि राजपाको पनि कोषाध्यक्ष बनेकी थिइन् ।

अनिताका पति श्रीकृष्ण यादव एमालेबाट ०५६ सालमा धनुषा ५ मा चुनाव लडेका थिए । तर, उनी झिनो मतले कांग्रेसका रामवरण यादवसँग पराजित भए । मधेस आन्दोलनको भेलमा श्रीकृष्ण पनि एमालेबाट बाहिरिए । यादव तमलोपाको केन्द्रीय कोषाध्यक्ष रहेकै बेला मकवानपुरको भीमफेदीमा भएको दुर्घटनामा निधन भयो ।

अनिता २४ वर्षदेखि राजनीतिक गतिबिधिमा रहे पनि पति श्रीकृष्णको मृत्युपछि तमलोपाको केन्द्रीय राजनीतिमा सक्रिय भएकी थिइन् । उनले ०७० सालको संविधानसभा निर्वाचनमा तमलोपाबाट उम्मेदवार बन्दा धनुषा ५ मा ८ हजार ३६५ मत प्राप्त गरेकी थिइन् । त्यो क्षेत्रबाट तत्कालीन राष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहेन यादव बिजयी भएका थिए ।
ऊनी अब एमाले पार्टी भित्रै रहेर सबिधान संसोधन को बिषयमा बहस साथै संघर्समा लाग्ने बताउछिन।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]