century-bank

पुरस्कार नपाएपछि यसरि रन्किय दिपक र दीपा

राजधानीको होटेल हायातमा आयोजित एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार समारोह हल बाट कार्यक्रमको बिचैमा उठेर निर्देशक दीपाश्री निरौला र निर्माता दिपक राज गिरि बाहिरिए

कार्यक्रममा पुगेका चलचित्रका निर्देशक दीपाश्री निरौला र निर्माता तथा कलाकार दीपकराज गिरीलाई हलमा खुबै खोजी गरियो । तर, दुबै जना नदेखेपछि नायिका प्रियंका कार्की, वितरक प्रदिप कुमार उदय, कार्यकारी निर्माता निर्मल शर्मा पुरस्कार लिन स्टेज चढेका थिए । दीपक र दीपा हलबाट बाहिरए लगतै कार्यक्रम स्थलमा चर्चा सुरु भैसकेको थियो ।
आफुहरुले आस गरेको विधा मा नै पुरस्कार नपाएपछि  चित्त नबुझेर बाहिरेको बताईंन

दीपक र दीपा ‘सर्वोत्कृष्ट संगीत, सर्वोत्कृष्ट पटकथा’ लगायतका विधामा ‘छक्का पन्जा’ले पुरस्कार नपाएपछि निस्किएका थिए । तर, अन्त्यमा चलचित्र ‘छक्का पन्जा’ उत्कृष्ट चलचित्र साबित भयो भने निर्देशक दीपाश्री निरौलाले यही चलचित्रबाट उत्कृष्ट निर्देशकको अवार्ड जितिन् ।

कार्यक्रम सकिएपछि पनि दीपक र दीपा बाहिरिएको बिषयले सर्वाधिक चर्चा पाएको थियो । दीपाश्री र दीपक कार्यक्रम हलबाट बिचमै आक्रोशित मुद्रामा हिडेपछि आयोजकले उनीहरुलाई फोन गरेको थियो । तर, उनीहरु फर्किएनन् ।

यसअगाडि पनि ‘सिक्किममा आयोजित इनास अवार्ड र काठमाण्डौमै आयोजित एक अवार्डमा दीपक र दीपा हलबाट बिचमै निस्किएर हिडेका थिए ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]