century-bank

राजपा नेपालका पाँच नेता प्रहरीको ‘नजरबन्द’मा

काठमाण्डौ –स्थानीय तहको चुनावका लागि हुने उम्मेदवारको मनोनय रोक्न आन्दोलन गर्न पाँच नम्बर प्रदेश पुगेका राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु प्रहरीको नजरबन्दमा परेका छन् ।

 

 

आन्दोलनमा उत्रेका राजपा नेपालका नेताहरुलाई समातेर थुन्ने रणनीति बनाएका नेपाल प्रहरीले हिजो राजपा नेपालका चारैजना नेतालाई समात्ने योजना बनाएका थिए । उनीहरुलाई प्रहरीले समात्न त नसके तर चारैजना नेतालाई प्रहरीले नजरबन्दमा राखेका छन् ।

नवलपरासीमा भएको झडपकै क्रममा उनीहरुलाई समात्ने योजना थियो तर झडपमा प्रहरीले गोली चलाउन थालेपछि राजपा नेपालका कार्यकर्ताहरुले महन्थ ठाकुरलाई सुरक्षित स्थानमा पुर्याएका थिए भने अलिन झा, राजकिशोर यादव र राजेन्द्र महतो बीचमै भैरहवाका लागि हिँडिसकेका थिए । झडप भइरहँदा उनीहरु भैरहवामा थिए ।

राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले भाषण दिइरहेका बेला झडप शुरु भएको थियो । झडप शुरु हुने वित्तिकै महन्थ ठाकुरले आफ्नो भाषण रोकेका थिए ।
भैरहवाको कार्यक्रम सकेपछि पाँच जना नेता साँझ साढे सात–आठ बजेतिर पवन होटलमा पुगेका थिए ।

हिजो साँझ होटल पसेका राजपा नेपालका महासचिव जितेन्द्र सोनलसहितका पाँच जना नेताालाई हालसम्म प्रहरीले निस्कन दिएका छैन । नेताको सुरक्षा भनेर प्रहरीहरु त्यहाँ तैनाथ छन् । नेताहरु निस्कन खोज्दा निस्कन दिइरहेको छैन ।
राजपा नेपालका एक नेताले भने, ‘नेताहरु कुनै स।मान चाहियो वा केही कारण देखाउँदै निस्कन खोज्दा प्रहरीले के काम छ हामी गर्दिन्छौं, के समान ल्याउनु छ हामी ल्याई दिन्छौ भन्दै उनीहरुलाई बाहिर निस्किन दिएको छैन ।’

होटल पसेको झण्डै २४ घण्टा हुन लागेको छ । पाँचजना नेता त्यही भित्रै छन् ।

आन्दोलनकारी बाहिर निस्किने वित्तिकै प्रहरीले उनीहरुलाई समाति हाल्थ्यो ।
झापादेखि बर्दिया, कञ्चनपुरसम्म हजारौँ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले बताए । प्रहरीले आन्दोलनकारीमाथि दमन गरेर उम्मेदवारी मनोनय गराएको बताउँदै उनले कतिपय उम्मेदवारले हिजै नै निर्वाचन आयोगलाई मनोनयपत्र बुझाई सकेको दाबी गरे । ‘छलकपट, बल प्रयोग गरेर गराएको चुनावले मान्यता पाउने छैन,’ उनले भने

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]