century-bank

‘पहिलो प्रेम’मा पर्दै सुशिल श्रेष्ठ (भिडियोसहित)

 काठमाडौं । सुनिल रावलको फिल्म ‘सायद २’को नयाँ गीत रिलिज भएको छ । असार ३० गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको सो फिल्मको ‘पहिलो प्रेम’ बोलको नयाँ गीत रिलिज भएको हो । सुगम पोखरेलको समधुर अवाजमा सजिएको सो गीतलाई गायक पोखरेलको आफ्नै शब्द तथा संगीत पनि रहेको छ ।

रिलिज गरिएको ‘पहिलो प्रेम’ बोलको सो गीतमा युवापुस्ताको माया प्रेमको कुरालाई बयान गरिएको छ । फिल्मलाई दुर्गिश फिल्मस्को ब्यानरमा सुनिल रावलले निर्माण गरेका हुन्, भने पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि निर्देशक न्यौपानेको आफ्नै रहेको छ । फिल्ममा शुसिल श्रेष्ठ, शरोन श्रेष्ठ, अमृत ढुङ्गाणा, कुशल पाण्डे, सुनिल रावल, नीशा कार्की, रुबीना श्रेष्ठ लगाएतले मुख्य भुमिकामा अभिनय गरेका छन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]