century-bank

लेडिज एक्शनमा ‘तारेभीर’ (फ्राइडे रिलिज)

काठमाडौं । यो शुक्रबार देखि नेपाली कथानक फिल्म ‘तारेभीर’ दर्शकमाझ रिलिजमा आउँदैछ । निर्माण पक्षका अनुसार फिल्म देशभक्ती हुनुका साथै फिमेल एक्शन ओरिन्टेड रहेको छ, भने फिल्ममा कमेडी, एक्शन, लभस्टोरी लगाएतका सबै खुराकको मिश्रण रहेको छ । त्यस्तै, निर्माता देवानका अनसार तारेभीर राष्ट्रिय भावनाले ओतप्रोत फिल्म रहेको छ ।

फिल्मलाई काठमाडौं, दोलखा, सिन्धुली, लगाएतका रमणीय ठाउँहरुमा खिचिएको छ । नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्टको ब्यानरमा फिल्मलाई डि.के. देवानले निर्माण गरेका हुन्, भने प्रेम सुब्बाले निर्देशन गरेका हुन । निर्देशक सुब्बाका अनुसार फिल्ममा नेपाल प्रहरी प्रशासनका साथै लेडिज एक्शन र सेन्टिमेन्टललाई प्रस्तुत गरिएको छ । फिल्ममा बिष्णु चेमजोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, डि.के. देवान, दिपेश श्रेष्ठ, मञ्जु श्रेष्ठ, रञ्जीत राणा, निर्मल थापा लगाएतको मुख्य भुमिका रहेको छ । तारेभीरको कथा निर्देशक सुब्बाको रहेको छ, भने फिल्ममा गोबिन्द राई र दिनेश माङ्ग्मुको नृत्य निर्देशन रहेको छ । फिल्मको गीत संगीतलाई प्रकास गुरुङ, सनुप पौडेल लगाएतको रहेको छ । त्यस्तै जनक गुरुङ्गको द्वन्द निर्देशन रहेको छ । यस फिल्म मोफसलको ३७ वटा र भेल्ली भित्र ११ वटा हलमा लाग्दै छ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]