century-bank

डाक्टर मशहुर गुलाटीकै भूमिकामा, सलमानका लागि सोनी टिभीमा फर्किने भए सुनिल

नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानको आग्रह पछि भारतीय कमेडियन कपिल शर्माको शोबाट बाहिरिएका सुनिल ग्रोवर पुनः आफ्नो पुरानो भूमिकामा फर्किने भएका छन् ।

सलमानले गरेको आग्रह नकार्न नसकेर सुनिल सोनी टेलिभिजनले आयोजना गर्न लागेको शोमा फर्किन लागेका हुन् ।

सलमान खान आफ्नो नयाँ चलचित्र ‘टुयूवलाइट’को प्रोमोशन सोनी टेलिभिजनमा गर्न चाहन्छन् । यसका लागि सोनी च्यानलले एक विशेष व्यवस्था नै मिलाएको छ ।

‘ट्यूबलाइट’ को प्रोमोशन सुनिल ग्रोवरसँग गरिनेछ । फिल्मका लागि सुनिल सोनी टेलिभिजनसँग एक विशेष एपिसोड सुटिङ गर्ने भएका छन् । जसको प्रोमो भिडियो आइसकेको छ ।

उक्त कार्यक्रममा सुनिल आफ्नो चर्चित अवतार डाक्टर मशहुर गुलाटीको रुपमा देखिनेछन् र सलमानको ‘ट्यूबलाइट’ समूहलाई मनोरञ्जन प्रदान गर्नेछन् । च्यानलले सलमान खानलाई ‘द कपिल शर्मा शो’ मा ल्याउनुको साटो सुनिलसँग एक नयाँ कार्यक्रम बनाउने निर्णय गरेको हो ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]