tata_tiago
century-bank

म्याग्दीको बेनीमा खेलकुद विकासका लागि स्थानीयबासी सक्रिय

खेलकुद मैदानको आवस्यक पूर्वाधार विस्तारका लागि बेनी नगरपालिकाका स्थानीय आफैं सक्रिय बनेका छन् । बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा क्षेत्रीयस्तरको खेलकुद मैदानको विकासका लागि पूर्वाधार थपिएको छ ।

 

 

खेलकुद विकासका लागि मैदानको पूर्वाधार सम्पन्न हुन जरुरी हुन्छ । यही महत्वलाई ध्यानमा राखेर म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १ का स्थानीयबासी मैदानको पूर्वाधार विकासमा सक्रिय बनेका छन् । बेनीबाट करिव आधा घण्टामा सवारीसाधन मै पुग्न सकिने बुढाचौर खेलुकद मैदान निर्माणमा सांसद कोष र जनश्रमदानबाट रकम जुटाइएको छ ।

सांसद नवराज शर्माको संसद विकास कोषबाट ९ लाख १० हजार र स्थानीयबासीको जनश्रमदानबाट १ लाख ३ हजार लागत गरी १० लाख १३ हजार रुपैयाँमा १ सय २६ मिटर पक्की तारबार, पर्खाल निर्माण गरिएको छ । खेलकुद मैदानको मर्मतमा खर्च भएर बाँकी रहेको रकम समेत प्रयोग गरेर थप काम अगाडी बढाउने समितिका अध्यक्ष गणेश बोगटीले बताए ।

रत्नेचौरको भानु माध्यामिक विद्यालय नजिक रहेको खेलकुद मैदानमा फुटबल, भलिबल, लगायतका खेलकुदका गतिविधि सञ्चालनका लागि प्रयाप्त रहेको छ । जिल्लामा हरेक बर्ष यस मैदानमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, भलिबल र फुटबल लगायतका खेलकुदका गतिविधि हुने गरेको छ ।
खेलकुद मैदानलाई प्रयोग गर्ने गरी आगामी असार ८ गते देखि जिल्लास्तरीय माध्यामिक तहको फुटबल प्रतियोगिता सञ्चालन गर्ने तयारी सुरु गरेका छन् । क्षेत्रीयस्तरको खेलकुद गतिविधिलाई समेत सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार जुटाउने लागिपरेका छन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]