tata_tiago
century-bank

पोर्तुगलमा उभौलीको रौनक – गायक सम्भु राईको बिशेष प्रस्तुती

गणेश पाण्डेय, लिस्वन पोर्चुगल ।

पोर्तुगलको राजधानी लिस्बोनमा किरातहरुको चाड साकेला (उभौली ) एक बिशेष समारोहका बीच सम्पन्न भएको छ। गायक तथा संगीतकार शम्भू राईको बिशेष उपस्थिति र गायनले उभौली पर्वमा रौनक थपेको थियो।

किरात समाज पोर्चुगलले आयोजना गरेको साकेला (उभौली) चाडमा प्रमुख अतिथिका आदिवासी अभियन्ता परशुराम तामाङ र बिशेष अतिथिका रुपमा रुपमा नेपालबाट आएका गाएक संगीतकार शम्भू राई थिए। किरात समाज पोर्चुगलका अध्यक्ष गणेश याख्खाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन राज राईले गरेका थिए । सो कार्यक्रममा भूमिको पूजा पश्चात प्रमुख अतिथी तथा विशेष अतिथीहरुबाट फेटा, झ्याम्टा,ढोल प्रदान गरी साकेला नाच प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा उपस्थित अतिथिहरुलाई किरात मुकुटको रूपमा प्रयोग हुने सेतो फेटा लगाई सम्मान गरिएको थियो भने उपस्थित विभिन्न अतिथीहरुले शुभकामना सन्देश दिएका थिए।

कार्यक्रमको औपचारिक समाप्तीपछि गायक शम्भू राईले ” चलेछ बतास सुस्तरी मनै सरर ” बाट आफ्नो सांगितिक प्रस्तुती शुरु गर्दै एक दर्जन गीतमार्फत भरपुर मनोरंजन दिएका थिए । यसरी विभिन्न जातजातिहरुको मौलिक संस्कृती र परम्परा बिदेशी भूमिमा समेत हर्सोल्लासका साथ मनाउदा हाम्रा मौलिक परम्परा जीवित रहने बिश्वास गरिएको छ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]