century-bank

गोपाल कुमारको पर्देशी वाबु…

एजेन्सी । लोक तथा दोहोरी गायनको पाटोमा नयाँ पन र नयाँ कोसेलीहरुको साथ उदाउने जमर्को गर्दै नवगायक गोपाल कुमारले लोकदोहरी गीत पर्देशी बावु बजारमा ल्याएका छन् ।

जुन गीत यतिखेर युट्युवमा चर्चा बटुल्ने क्रममा रहेको छ । आफ्नै लय, शब्द र स्वर भरेका उनलाई सुमधुर स्वरकी धनी गायीका विष्णुमाया गुरुङले साथ दिएकी छिन् ।

अर्घाखाँची जिल्ला अर्गतोस गाविसको चिदीपानीमा जन्मिएका गोपाल कुमार धेरै समय भारतमा बसेका भएपनि हाल भने काठमाण्डौमै बसी राम्रो लोक तथा दोहोरी गायक बन्ने लक्ष्य सहित मेहेनत गरिरहेका छन् । २४ बर्षिय गोपाल कुमार हाल दोहोरी साँझमा काम गर्दै आएका छन् । उनले एल्वम्मा धेरै समय पर्देशमा बसेका नेपालीहरुले नेपाली भाकाहरु विर्सेर हिन्दी, अंग्रेजी गाउने भईसकेकाहरुलाई आफ्नो शब्द भावमा समावेस गर्दै उनीहरुलाई दोहोरीको मायाँले फेरी लोकदोहोरी गाउने बनाउँछ भन्ने शब्दहरु समेटेका छन् ।

घरमा बुबा आमाले पनि दोहोरी गाउनुहुने र गाउँघरमा पनि लोकदोहोरी गाउने भएकाले मलाई त्यसैको प्रभाव परेको भन्छन्, गोपाल कुमार ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]