tata_tiago
century-bank

नेपाल टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या ५ लाख ७४ हजार पुग्यो

काठमाण्डौ । नेपाल टेलिकमले फोरजी प्रयोगकर्ताको संख्या ५ लाख ७४ हजार पुगेका जनाएको छ । टेलिकमले फोरजी सेवा शुरु गरेको ५ महिनामा फोरजी प्रयोगकर्ता ५ लाख ७४ हजार पुगेका हुन् ।

टेलिकमको प्रिपेड सिमबाट फोरजी चलाउनेको संख्या पोष्टपेडको भन्दा बढी रहेको जनाएको छ । टेलिकमले पोष्टपेडमा सेवा शुरु गरेको १ महिनापछि मात्र प्रिपेडमा फोरजी सेवा उपलब्ध गराएको थियो । प्रिपेडबाट फोरजी चलाउनेको संख्या पोष्टपेडको भन्दा ८७ प्रतिशतले बढी भएको र टेलिकमको प्रिपेडमार्फत फोरजी चलाउनेको संख्या ४ लाख ९९ हजार पुगेको र पोष्टपेडका फोरजी प्रयोगकर्ताको संख्या भने ७५ हजार ७ सय रहेको जनाएको छ ।

टेलिकमको पोष्टपेड ग्राहकको तुलनामा प्रिपेड प्रयोगकर्ता नै बढी भएकोले प्रिपेडबाट फोरजी चलाउनेको संख्या बढी भएको र टेलिकमले गत पुस १७ गतेदेखि पोष्टपेडमा फोरजी सेवा शुरु गरेको हो ।

हाल ३ महानरपालिकासहित १२ वटा उपमहानगरपालिकामा फोरजी सेवा विस्तार गर्ने गरी टेण्डर डकुमेन्टेशनको काम अन्तिम चरणमा पुगेको भएपनि ५ महिना बाँकी हुँदा अहिलेसम्म उपमहानगरपालिकामै फोरजी सेवा उपलब्ध गराउन सकेको छैन ।
टेलिकमले महत्वपूर्ण शहरमा एकैसाथ फोरजी सेवा उपलब्ध गराउन नेटवर्क डिजाइन भईसकेको जनाउँदै आएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]