tata_tiago
century-bank

यी हुन् पत्रकार, प्रतिनिधि र प्रहरीको प्यास मेटाउने पुष्पलाल !

  • यादव देवकोटा 

दानी पुष्पलालको पानी पिउन पाएपछि धेरैको आँतमात्र रसाएको छैन उनको यो पूण्य कर्मको सर्वत्र तारिफ पनि हुन थालेको छ । काठमाडौं लोडसेडिङ मुक्त हुँदा यसलाई धेरैले धेरै तवरबाट स्वागत गरे तर पुष्पलालले भने निशुल्क पानी वितरण गरेर लोडसेडिङको हर्ष बाडिरहेका छन् ।

१० बर्षदेखि मुलको पानीको व्यापार गर्दै आएका ६६ बर्षीय पुष्पलाल श्रेष्ठले यसपटक काठमाडौं महानगरपालिकाको मतगणना भइरहेको स्थानमा पानी खान नपाएर प्याक प्याक परेका पत्रकार, प्रहरी , दलका प्रतिनिधिहरुलाई निशुल्क पानी उपलब्ध गराएर पुष्पलालले आफ्नौ पौरख पनि देखाए ।

पुष्पलाल : जो निशुल्क पानी वितरण गरेर समाजमा सबैका लागि प्रिय बन्दैछन् ।

पहिलो चरणको स्थानीय निर्वाचनको समयमा काठमाडौँ महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा अझै जारी छ । मत गणनाको दौरानमा त्यहाँ थुप्रै किसिमका समस्याहरु अहोरात्र खटिने प्रहरी, प्रत्रकार र प्रतिनिधिहरु झेलिरहेका छन् । त्यसमध्ये एक समस्याको समाधान पुष्पलालले गरिदिएका छन् । उनले राष्ट्रिय सभा गृहको गेटमा १५/१६ वटा कुुलरमा पानी राखेर हरहर भएको आँतमा जल भर्दै आएका छन् ।

विभिन्न सञ्चारमाध्यममा त्यहाँ खटिएका सञ्चारकर्मीलाई खानेपानीको अभाव भएको समाचार सार्वजनिक भएपछि उनले कुलरमा पानी ल्याएर व्यक्तिगत रुपमा वितरण आरम्भ गरेका हुन् । करिब १० वर्षदेखि मुलको पानीको व्यापार गर्दै आएका ६६ वर्षका पुष्पलाल श्रेष्ठ झोसे काठमाडौँका स्थायी वासिन्दा हुन् ।

विद्यालयस्तरको पनि पढाइ नसकेका उनले गुणस्थरिय पानी अर्थात झरना तथा मुलको पानी सिधै ल्याएर त्यसलाई काठमाडौँमै पहिलोपटक चिसो भई बस्ने पानीको जग (AQUA COLD ) मा राखेर शुद्ध पानी उपलब्ध गराउदै आएका छन् । आम मानिसहरुमा मुलको पानी र बोरिङको पानीको राम्रो ज्ञान नभएकाले उनीहरलाई पानी पहिचान गर्न गाह्रो पर्ने उनी बताउँछन् ।

शिवपुरी डाँडाको खोलाबाट झरको झर्नाको पानी प्राकृतिक खनिज पदार्थ युक्त मानव बस्ती रहित ठाउँ भएकाले प्रदुषण मुक्त हुने दावी छ । गुणस्तर विभागको तथ्याङ्क अनुसार उद्योग व्यवसायीले उत्पादन गरको पानी मध्ये ७०% पानी गुणस्तररहित भएको जनाएपनि २०% मात्र मुलको पानी प्रयोग हुने गरेको छ ।

उनी भन्छन् मेलम्चीको पानी नआएसम्म काठमाडौँको जनताले मुलको पानी पिउन पाउने अवस्था छैन । मुलको पानीलाई अझै पनि जान्ने चिन्ने र गाउँघरका लागि अमृत सरह लिने गर्दै आएका छन् । विद्युत् प्राधिकरणले काठमाडौँलाई लोडसेडिङमुक्त बनाएको खुशियालीमा उनले काठमाडौँमा निशुल्क पानी वितरण गर्न थालेको बताउँछन् । उनले ट्राफिकको चोक चोकमा पनि कुलर राखिदिएका छन् ।

उनी शुद्ध र गुणस्तरीय पानीको बारेमा जनतालाई जानकारी होस् भन्ने चाहना राख्छन् । उनले आफूले पढ्न नपाएपनि आफ्नो छोरीलाई { Water Science पढ्न जर्मन पठाएको र छोरालाई Food Technology Support अध्ययन गराएको जानकारी गराउँछन् । समाजमा पानी वितरण गर्नुलाई पूण्य कमाउने एउटा महत्वपूर्ण माध्यम पनि मानिन्छ ।

मानव शरीरको ७०% भाग पानीले नै निर्मित भएको मानिन्छ । अझ पनि गाउँघरमा वटुवा र गाईवस्तुको सहजताका लागि चौतारी र घरको आँगनमा माटाको भाँडामा पानी राखिदिने चलन नै रहदै आएको छ भने मृत आफन्तहरुको नाममा धारा निर्माण गरिदिने चलन पनि नेपाली समाजमा व्याप्त छन् ।

प्रत्येक मानिसलाई दैनिक दश देखि १२ गिलाससम्म पानीको आवश्यकता पर्दछ । तर पानी पिउन नपाएर राष्ट्रिय सभागृह परिसरमा प्याकप्याक परेकाहरुलाई मात्र नभई काठमाडौंको बिभिन्न स्थानमा र ट्राफिक चोकहरुमा पानीको व्यवस्था गरिदिएर पुष्पलालले जुन कर्म गरे त्यस्का लागि उनी सबैको प्रिय पुष्प बनेका छन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]