century-bank

अमेरिकी हवाई आक्रमणमा परि सिरियामा बालबालिकासहित ८० जनाको मृत्यु

सिरियामा अमेरिकी हवाई आक्रमणमा परि ८० जनाको ज्यान गएको छ । विद्रोही संगठन इस्लामिक स्टेट आइएसको नियन्त्रणमा रहेको शहर मायादीनमा अमेरिकाले आक्रमण गरेको हो ।

अमेरिकी सुरक्षा कारबाहीमा मारिनेमा बालबालिकाहरु पनि रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अमेरिकी सेनाले पनि त्यस क्षेत्रमा हवाई आक्रमण गरेको पुष्टि गरिसकेकोछ ।

क्षतिको समीक्षा गरिरहेको र थप विवरण आउन बाँकी रहेको अमेरिकी सेनाको भनाई छ । घटनापछि संयुक्त राष्ट्रसंघले आक्रमणको समयमा नागरिक तथा सैनिक अड्डाको दुरीको बारेमा ध्यान दिन सम्वद्ध सबैमा आग्रह गरेको छ ।

संयमता अपनाउन र सर्वसाधारणलाई आक्रमणको निशानामा नपार्न अपिल गरिएको छ । यसअघि गत मार्चमा इराकको मसुलमा भएको अमेरिकी हवाई आक्रमणमा १ सय ५ बढी नागरिकको ज्यान गएको थियो ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]