tata_tiago
century-bank

शेयर आवेदकको सम्पूर्ण विवरण रुजु गर्न धितोपत्र बोर्डको निर्देशन

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सेयर खरिद आवेदन फारममा आवेदकको सम्पूर्ण विवरण रुजु गरेर मात्र सेयर खरीद आवेदन लिन निर्देशन दिएको छ । फारममा संस्थाको आधिकारिक छाप र बुझिलिने कर्मचारीको दस्तखत अनिवार्य हुनुपर्ने बोर्डले बताएको छ ।

आस्वा प्रणालीलाई थप व्यवस्थित र सरल बनाउन नौ बुँदे निर्देशन जारी गर्दै बोर्डले आस्वा सेवा दिने बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो । विद्युतीय प्रणालीबाट आवेदन गर्दा आवेदनकर्ताले आवेदन स्वीकृत भएको सम्बन्धमा विद्युतीय रुपमा रसिद प्राप्त गर्ने व्यवस्था मिलाउन पनि बोर्डले निर्देशन दिएको छ ।

साथै, आवेदनकर्ताले आवेदन फारममा अंग्रेजीमा हितग्राही खाता नं. र अंग्रजी ठूलो अक्षरमा अनिवार्य रुपमा नाम थर लेख्नु पर्ने बताइएको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सबै शाखाहरुबाट दैनिक रुपमा प्राप्त आवेदन र आवेदन रकम सम्बन्धी संक्षिप्त विवरण संकलन गरी अनिवार्य रुपमा त्यही दिन र विस्तृत विवरण तोकिएको समयावधि भित्र विद्युतीय माध्यमबाट निष्काशन तथा विक्री प्रबन्धक र बोर्डलाई उपलब्ध गराउनसमेत बोर्डले निर्देशन दिएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]