century-bank

लुहाममा वाणिज्य बैंकको शाखा स्थापना

तुलसीपुर । सल्यान जिल्लाको लुहाममा राष्ट्रिय वाणिज्य बैंकले आफ्नो शाखा स्थापना गरेको छ ।

वैंकले आइतवार देखि सेवा सुभारम्भ गरेको हो । २०५८ सालमा असुरक्षाका कारण राष्ट्रिय वाणिज्य बैंक तुलसीपुरमा शाखा गाभिएको थियो ।

बैंकले यसअघि तुलसीपुरबाटै सेवा दिएको थियो । वाणिज्य बैंकले आइतवारदेखि नयाँ कारोवार गर्ने बैंकका प्रमुख नवराज सुवेदीले जानकारी दिएका छन् ।

आइतवार राष्ट्रिय वाणिज्य बैंकका क्षेत्रीय उपप्रमुख बुद्धप्रकाश सिंहले कार्यप्राम्भ गरेका हुन् । कार्यक्रमा बोल्दै सिंहले बैंक शुभारम्भसँगै यहाँका स्थानीयहरुलाई सेवामा सहजता हुने बताए ।

बैंकले हाल रेमिटेन्स, निक्षप संकलनलगायतका सेवाहरु दिने र विस्तारै बजेट आएपछि अन्य सेवाहरु दिने बताएको छ । अन्य सेवा भने हाललाई तुलसीपरबाटै दिने बताएको छ ।

त्यसैबीच सल्यानको लुहाममा टेलिफोन सेवा नहुँदा सेवाका कठिनाई उत्पन्न भएको बैंकका प्रमुख सुवेदीले बताए ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]