tata_tiago
century-bank

सामसुङको नयाँ स्मार्टफोन ग्यालेक्सी एस ८ र ८ प्लस बजारमा

  • सन्दिप

काठमाडौं । सामसुङले नयाँ स्मार्टफोन ग्यालेक्सी एस ८ र एस ८ प्लस नेपाली वजारमा ल्याएको छ । पछिल्लो समय नयाँ नयाँ ब्राण्डका मोबाईल ग्राहकमाझ ल्याउँदै आएको सामसुङले आईतबार एक समारोहका वीच नयाँ प्रविधिसहितका नयाँ मोडलका स्मार्ट फोनहरु सार्वजनिक गरेकोे हो ।

अगाडिका ब्रान्डमा भएका सम्पूर्ण कमजोरीहरुलाई अझै परिष्कृत गरी बजारमा ल्याइएको नयाँ स्मार्टफोनलाई धेरै आधुनिक बनाइएको छ । सामसुङ नेपालका आईएम विज प्रमुख प्रणयरत्न स्थापितले यस स्मार्ट फोनले अर्थपूर्ण नविनताको सीमा फैलाउने, जसले कम्पनीको भरोसा, नयाँ आविष्कार र अलौकिक डिजाईनको परम्परालाई अघि बढाएको बताए ।

सामसुङका यी स्मार्ट फोनमा अन स्क्रिन नेभिगेसन बटमको प्रयोग भएको पहिलो स्मार्टफोनको हो । स्मार्टफोनमा एप्पलको आइफोनको जस्तै नेभिगेसन बटम राखिएको छ । उक्त स्मार्टफोनको डिस्प्लेमा विभिन्न नयाँ एप्लिकेशनको प्रयोग गर्न सकिनेछ ।

यी विभिन्न आधुनिक प्रविधिहरुको साथ साथै यसमा सिङगल क्यामारा सेन्सरको प्रयोग गर्न सकिने छ । फोनको क्यामरा नजिकै फिङ्गर प्रिन्टको प्रयोग गर्न सकिने छ । भिन्नभिन्न कलरमा नाइटभिजन क्यामराकोरुपमा पनि यस फोनको प्रयोग गर्न सकिने कपनीले जनाएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]