tata_tiago

नेटो प्रमुख जेन्स स्टलटेनबर्ग अमेरिका प्रस्थान

बेल्जियम । उत्तर एटलान्टिक सैन्य गठबन्धन नेटो प्रमुख जेन्स स्टलटेनबर्ग सोमबार अमेरिकाका लागि बेल्जियमबाट प्रस्थान गरेका छन् ।
उनको अमेरिका भ्रमण वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपतिमा निर्वाचित भएपछि भएको पहिलो भ्रमण हो ।

अमेरिकामा रहँदा नेटो प्रमुख स्टलटेनबर्गले अमेरिकी उच्च अधिकारीसँग इस्लामिक स्टेट आईएस विरुद्धको अभियानलाई थप सशक्त पार्दै विश्वभरबाट आतङ्कवादको अन्त्य गर्ने विषयमा छलफल गर्ने नेटोले जनाएको छ ।

स्टलटेनबर्गले मङ्गलबार अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसलाई भेट्ने कार्यक्रम छ ।

उनले त्यसपछि अन्य उच्च अमेरिकी अधिकारीसहित नेटो गठबन्धन राष्ट्रका विदेश मन्त्रीहरुसँग भेटी आईएस विरुद्धको अभियानबारे छलफल गर्ने बताइएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]