tata_tiago

रहस्यमय मृत्यु भएको किशोरीको दाहसंस्कार हुँदाहुँदै आमालाई लियो प्रहरीले नियन्त्रणमा

नवलपरासी । नवलपरासीको हरपुर–८ मुडेरामा एक किशोरीको शङ्कास्पद मृत्यु भएको छ ।

हरपुर–८ मुडेराकी १४ वर्षीया उर्मिला यादव आज बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

मृतक उर्मिलाको दाहासंस्कार हुँदाहुँदै प्रहरीले शव तथा आमा कमलावति यादवलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

मृतकका बाबु शिवनाथ यादव भने घटनापछि फरार रहेको प्रहरीले जनाएको छ । घटना अहिलेसम्म रहस्यमय रहेको र यसबारे प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]