century-bank

जसको दाँत सबल, उसको जीवन सफल

काठमाडौँ । सरकारले स्वास्थ्यका अन्य विषयलाई प्राथमिकतामा राखेपनि मुख स्वास्थ्यको बिषयलाई भने हेँला गरेको सरोकारवालाहरुको गुनासो छ । ‘विश्व मुख स्वास्थ्य दिवस’ का अवसरमा नेपाल डेन्टल एशोसिएशनद्धारा सोमबार आयोजित कार्यक्रममा दन्तचिकित्सकहरुले मुखस्वास्थ्यलाई राज्यले हेँला गरेको गुनासो गरेका हुन् ।


विश्व डेन्टल फेडरेशनको आह्वानमा ‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने नाराका साथ मुख स्वास्थ्य दिवसमा विभिन्न जटिल रोग लाग्नुका कारणमध्ये मुख स्वास्थ्य पनि एक हो भन्ने सन्देश दिइएको छ ।

नेपाल डेन्टल एशोसिएसनले सरकारले स्वास्थ्यका अन्य विषयलाई प्राथमिकतामा राखेको भएपनि जनस्वास्थ्यको महत्वपूर्ण बिषय मुख स्वास्थ्यलाई भने बेवास्ता गरेर मन्त्रालय अन्र्तगत ब्यवस्थापन बिभागको सानो ‘फोकल प्वाइन्ट’मा मात्र सीमित गरेको गुनासो गरेको छ ।

दुर्गमका जनता अझैपनि मुख स्वास्थ्य सेवाबाट बञ्चित हुनपरेको समस्या औल्याउदै उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारले तीनवर्षअघि ल्याएको मुखस्वास्थ्य नीतिलाई तत्काल कार्यान्वयनमा ल्याउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिनुभयो ।
‘राष्ट्रिय मुख स्वास्थ्य नीति २०७०’ ले नेपालका सम्पूर्ण जनताले मुख स्वास्थयको गुणस्तरीय सेवा पाउने कुरा उल्लेख गरिएपनि २०७३ सम्म आइपुग्दासम्म कार्यान्वयन हुन सकेको छैन ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]